Logo

आइतबार, मंसिर ११ गते २०७९

यसरी मनाए कलाकारले दसैँ

यसरी मनाए कलाकारले दसैँ

कालीगण्डकी खबर

१९, असोज २०७९
  • 640
    SHARES
  • यसरी मनाए कलाकारले दसैँ

    काठमाडौँ, १९ असोज । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् । 

    images
    images

    नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टिका लगाइदिनुभएको छ ।

    यस्तै अभिनेता हरिवंश आचार्यले स्वर्गीय श्रीमती मिरा आचार्यको तस्वीर राखेर पत्नी, छोरा र बुहारीलाई टिका लगाइदिनुभएको छ । 

    यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टिका र जमरा थापेपश्चात् आशिर्वाद लिनुभएको छ । ‘छड्के २’ को छायाङ्कनमा व्यस्त अनमोल लगत्तै ‘जेरी’मा व्यस्त रहनुहुनेछ । 

    अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टिका ग्रहण गर्नुभएको छ । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टिका ग्रहण गर्नुभएको छ । 

    यस्तै आमाबाट टिका र जमरा ग्रहण गरेपछि सामुहिक तस्वीर खिचाउँदै हाँस्यकलाकार शिवशङ्कर रिजालले दसैँको शुभकामना दिनुभएको छ । “तराई गएर अन्य मान्यजनबाट टिका ग्रहण गर्नेछु । मेरो दसैँ तराई र काठमाडौँमा बराबर हुँदै आएको छ”, उहाँले सामाजिक सञ्चालमा लेख्नुभएको छ । 

    images
    प्रकाशित मिति :असोज १९, २०७९ बुधबार - १९:५३:२२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गायक आदित्य नारायण नेपालमा

    काठमाडौँ, १० मङ्सिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल

    • १०, मंसिर २०७९
  • विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

    काठमाडौँ, ९ मङ्सिर । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने

    • ९, मंसिर २०७९
  • ‘श्रीमतीको साथले सक्रियता थपेको छ’

    काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य

    • २१, कात्तिक २०७९
  • पञ्चकोट चिनाउन दोहोरी

    बागलुङ, १४ कात्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै

    • १४, कात्तिक २०७९
  • कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

    भैरहवा, १३ कात्तिक । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना हुनेभएको छ । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता

    • १३, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend