Logo

आइतबार, मंसिर ११ गते २०७९

काँग्रेसले यस वर्ष चियापान नगर्ने

काँग्रेसले यस वर्ष चियापान नगर्ने

कालीगण्डकी खबर

२१, असोज २०७९
  • 415
    SHARES
  • काँग्रेसले यस वर्ष चियापान नगर्ने

    काठमाडौँ, २१ असोज । नेपाली काँग्रेसले बडादसैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ ।

    images
    images

    विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो । 

    यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कुृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  
     
    बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिँदै आउनुभएको थियो ।

    images
    प्रकाशित मिति :असोज २१, २०७९ शुक्रबार - १८:०१:५४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • बाजुरामा मतगणना अनिश्चित

    बाजुरा, ११ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ

    • ११, मंसिर २०७९
  • मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने महेन्द्र एक्लो सांसद

    जनकपुरधाम, ११ मङ्सिर । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै

    • ११, मंसिर २०७९
  • ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

    भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोकधर्मचोककचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो

    • ११, मंसिर २०७९
  • ३१ वर्षपछि कालीकोटमा काँग्रेसको जीत

    मान्म, १० मङ्सिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा काँग्रेसका

    • ११, मंसिर २०७९
  • सुवास नेम्वाङ्गको संसदीय यात्रा

    काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर

    • ११, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend