Logo

आइतबार, मंसिर ११ गते २०७९

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

कालीगण्डकी खबर

२१, असोज २०७९
  • 307
    SHARES
  • अन्तर्राष्ट्रिय अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

    किमाथाङ्का, २१ असोज ।  सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । 

    images
    images

    आगाी कात्तिक १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका आठ क्लबको सहभागिता हुने आयोजकले जनाएको छ । 

    आज सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै आयोजक एडभान्स क्लब मानेभञ्ज्याङका अध्यक्ष ईश्वर घिमिरेले पूर्वी पहाडी जिल्लाको महत्वपूर्ण प्रतियोगिता रहेको र खेल क्षेत्रमा छुट्टै पहिचान बनाउन सङ्खुवासभा जिल्लामा ठूलो खेल महोत्सवका रूपमा गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।  

    सामाजिक सद्भावका लागि युवा एकता, विकृति विसङ्गतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ मानेभञ्ज्याङमा अन्तर्राष्ट्रिय आमन्त्रण अरुण भ्याली गोल्ड प्रतियोगिता हुने भएको हो ।

    पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष घिमिरेले अन्तर्राष्ट्रिय आमन्त्रण गरी सञ्चालन गर्न लागिएको गोल्डकप प्रतियोगितामा एभिनियर फुटबल क्लब क्यामरुन, आमुक्त फुटबल परिवार वेष्ट बङ्गाल भारत, भोजपुर, धनकुटालगायत जिल्लाका क्लबको सहभागिता रहने जानकारी दिनुभयो ।

    विजयी टिमलाई रु तीन लाख, कप। मेडलले सम्मान गरिने छ भने उपविजेतालाई रु दुई लाखसहित कप मेडलले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ । 

    फुटबल प्रतियोगितामा करिब रु ३७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

    images
    प्रकाशित मिति :असोज २१, २०७९ शुक्रबार - १९:४३:२४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह इ र समूह एफ का समान दुईदुई खेल हुँदैछन् । पहिलो

    • ११, मंसिर २०७९
  • अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित 

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सि अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको

    • ११, मंसिर २०७९
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह सी र समूह डी का समान दुई दुई खेल हुनेछन्

    • १०, मंसिर २०७९
  • नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल ११

    • १०, मंसिर २०७९
  • फिफा विश्वकप: अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend