Logo

आइतबार, मंसिर ११ गते २०७९

प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

पत्रपत्रिकाबाट

३, कात्तिक २०७९
  • 448
    SHARES
  • प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं, ३ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

    images
    images

    प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५ उम्मेदवारविरुद्ध उजुरी परेको हो ।

    समानुपातिक उम्मेदवारहरूमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारदेखि काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीकी श्रीमतीसम्मका विरुद्ध उजुरी परेको छ । 

    त्यस्तै, सरकारी लाभको पदमा बसेर बन्दसूचीमा नाम राखिएकाहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । केही उजुरीमा क्लस्टरमा नपर्ने व्यक्तिहरूलाई राखिएकाले उनीहरूको नाम खारेज हुनुपर्ने दाबी गरिएको छ । उजुरीमा आदिवासी जनजाति, मधेशीलगायतका सूचीमा राखिएका व्यक्तिहरू उक्त समूहको नभएको दाबी गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा जीवन शर्माले लेख्नुभएको छ ।

    प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, जनता समाजवादी दल, नागरिक उत्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी दल, नेपाली जनता दल, नेसनलिस्ट पिपुल्स पार्टी, बहुजन पार्टी, जनमत पार्टीलगायतका दलहरूबाट सिफारिस भएका उम्मेदवारहरूविरुद्ध उजुरी परेको आयोगले जनाएको छ । प्रतिनिधिसभामा सबैभन्दा बढी काँग्रेसले सिफरिस गरेका उम्मेदवारका विरुद्धमा उजुरी परेका छन् । प्रतिनिधिसभातर्फ १३ जनाविरुद्धमा परेका उजुरीमध्ये ६ जना काँग्रेसका छन् । 

    कतिपय उम्मेदवारले आफैंले पनि आफू जुन विषयअन्तर्गतको बन्दसूचीमा हुनुपथ्र्यो, त्यसमा नभएर अर्कै सूचीमा समावेश भएको भन्दै सोअनुसार कायम गरिदिन आयोगमा निवेदन दर्ता गराएका छन् ।

    images
    प्रकाशित मिति :कात्तिक ३, २०७९ बिहीबार - ०७:३८:४० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

    मनिला, १२ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को

    • १२, कात्तिक २०७९
  • २० जिल्लाको मतपत्र छापियो

    काठमाडौं, ४ कात्तिक । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा

    • ४, कात्तिक २०७९
  • बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

    काठमाडौँ, १३ असोज । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण ९ऐन कार्यान्वयन मापन०को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा

    • १३, असोज २०७९
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री

    • १२, असोज २०७९
  • गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

    काठमाडौं, १० असोज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै

    • १०, असोज २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend