Logo

आइतबार, मंसिर ११ गते २०७९

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु: अभिनेता मदनकृष्ण श्रेष्ठ

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु: अभिनेता मदनकृष्ण श्रेष्ठ

कालीगण्डकी खबर

३, कात्तिक २०७९
  • 364
    SHARES
  • स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु: अभिनेता मदनकृष्ण श्रेष्ठ

    काठमाडौँ, ३ कात्तिक । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । 

    images
    images

    उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । 

    “मलाई अभिनय गर्न मन लाग्छ । तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर पनि म आफ्नो शरीरलाई जर्वजस्ती नै काममा व्यस्त बनाउँछु”, अभिनेता श्रेष्ठले भन्नुभयो । महापुरुष नेपाली चलचित्र भाइटिकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ । 

    उहाँ पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्नुहुन्छ । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहनुभएको छ । 

    “बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गर्नुभएका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।

    लेखकसँगै निर्देशकसमेत रहनुभएका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिनुभयो ।

    “काठमाडौँमै छायाङ्कन हुने भएकाले उहाँको सुविधाअनुसार अभिनय गराएको हुँ । मदन दाइ र हरि दाइ मेरा लागि स्कुल हुनुहुन्छ । उहाँहरूलाई ठूलो पर्दामा दोस्रोपटक निर्देशक गर्न पाउँदा खुसी लागेको छ”, निर्देशक भट्टराईले भन्नुभयो ।

    उहाँहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गर्नुभएको थियो । पत्रकार सम्मेलनमा हास्यकलाकार एवम् अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गर्नुभयो । 

    “मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यसअगाडिका फिल्महरूझैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु”, अभिनेता आचार्यले भन्नुभयो । 

    फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

    images
    प्रकाशित मिति :कात्तिक ३, २०७९ बिहीबार - १५:४७:५३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गायक आदित्य नारायण नेपालमा

    काठमाडौँ, १० मङ्सिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल

    • १०, मंसिर २०७९
  • विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

    काठमाडौँ, ९ मङ्सिर । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने

    • ९, मंसिर २०७९
  • ‘श्रीमतीको साथले सक्रियता थपेको छ’

    काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य

    • २१, कात्तिक २०७९
  • पञ्चकोट चिनाउन दोहोरी

    बागलुङ, १४ कात्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै

    • १४, कात्तिक २०७९
  • कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

    भैरहवा, १३ कात्तिक । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना हुनेभएको छ । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता

    • १३, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend