Logo

आइतबार, मंसिर ११ गते २०७९

२० जिल्लाको मतपत्र छापियो

२० जिल्लाको मतपत्र छापियो

पत्रपत्रिकाबाट

४, कात्तिक २०७९
  • 460
    SHARES
  • २० जिल्लाको मतपत्र छापियो

    काठमाडौं, ४ कात्तिक । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ ।

    images
    images

    प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा र कैलाली जिल्लाको मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भएसँगै प्रत्यक्षतर्फको करिब ३० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।

    प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार हालसम्म १ करोड २८ लाख ४९ हजार ५ सय मतपत्र छपाइ भइसकेको छ । जसमा प्रदेश सभातर्फको ६४ लाख ३२ हजार ५ सय र प्रतिनिधि सभातर्फ ६४ लाख १७ हजार रहेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    हाल कायम रहेको १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको प्रत्यक्ष निर्वाचन निर्वाचनतर्फ करिब ४ करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ ।

    सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रूकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

    आयोगका अनुसार बिहीबारदेखि सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी थालनी भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्जुलालगायतका जिल्लाहरूमा मतपत्र ढुवानी भएको छ । वागमती, मधेस र प्रदेश नं। १ का जिल्लामा भने यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।

    images
    प्रकाशित मिति :कात्तिक ४, २०७९ शुक्रबार - ०७:५०:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार
  • फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

    मनिला, १२ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को

    • १२, कात्तिक २०७९
  • प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं, ३ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

    • ३, कात्तिक २०७९
  • बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

    काठमाडौँ, १३ असोज । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण ९ऐन कार्यान्वयन मापन०को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा

    • १३, असोज २०७९
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री

    • १२, असोज २०७९
  • गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

    काठमाडौं, १० असोज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै

    • १०, असोज २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend