Logo

आइतबार, मंसिर ११ गते २०७९

फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

एजेन्सी

१२, कात्तिक २०७९
  • 286
    SHARES
  • फिलिपिन्स बाढीः एकतिस जनाको मृत्यु

    मनिला, १२ कात्तिक । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका धेरै सहरहरूमा बिहीबार रातभरि परेको भीषण वर्षासँगै आएको बाढीमा परी ३१ जनाको मृत्यु भएको तथा कैयौँ बेपत्ता भएका छन्। 

    images
    images

     मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक  एवम् स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा १६ जना, दातु ब्लाह सिनसुआतमा १० जना र उपीमा पाँच जनाको ज्यान गएको हो । 

    डुबेर र पहिरोमा परी उनीहरूको ज्यान गएको बताउँदै उनले बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् । 

    मागुइन्डानाओको प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् ।

    फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । 

    images
    प्रकाशित मिति :कात्तिक १२, २०७९ शनिबार - ०८:५८:३४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    सम्बन्धित समाचार
  • २० जिल्लाको मतपत्र छापियो

    काठमाडौं, ४ कात्तिक । यही मंसिर ४ गते सोमबार हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २० जिल्लाको मतपत्र छाप्ने काम सकिएको छ । प्रतिनिधिसभातर्फ अछाम, डोटी, कैलाली र कञ्चनपुर तथा प्रदेशसभातर्फ डोटी, डडेलधुरा

    • ४, कात्तिक २०७९
  • प्रतिनिधिसभाका १३ सहित बन्दसूचीका २८ समानुपातिक उम्मेदवारविरुद्ध उजुरी

    काठमाडौं, ३ असोज । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका २८ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । प्रतिनिधि सभातर्फ १३ उम्मेदवार र प्रदेशसभातर्फ १५

    • ३, कात्तिक २०७९
  • बढ्दै उत्तर विधायिकी परीक्षणको अभ्यास

    काठमाडौँ, १३ असोज । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले उत्तर विधायिकी परीक्षण ९ऐन कार्यान्वयन मापन०को अभ्यासलाई कार्यान्वयनमा ल्याएको छ । उक्त सभाको विधायन व्यवस्थापन समितिले चारवटा विधेयकको कार्यान्वयन मापन पूरा

    • १३, असोज २०७९
  • आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

    काठमाडौं, १२ असोज । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री

    • १२, असोज २०७९
  • गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

    काठमाडौं, १० असोज । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै

    • १०, असोज २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend