Logo

आइतबार, मंसिर ११ गते २०७९

परिचर्चाः समीक्षासङ्ग्रह विमोचन 

परिचर्चाः समीक्षासङ्ग्रह विमोचन 

कालीगण्डकी खबर

१२, कात्तिक २०७९
  • 598
    SHARES
  • परिचर्चाः समीक्षासङ्ग्रह विमोचन 

    चितवन, १२ कात्तिक । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक  (परिचर्चा) विमोचन कार्यक्रम कार्त्तिक १२ गते शनिवार इच्छाकामना- ३ चुम्लिङटारमा सम्पन्न भएको छ ।

    images
    images

    १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् । पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । 

    गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा समालोचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व रहेको टिप्पणी गर्नुभयो ।

    परिचर्चा समीक्षासङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पोखरेलको कृतित्व र व्यक्तित्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर  कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको बताउनुभयो । 

    कार्यक्रममा बाल कविहरू आयाम अधिकारी, प्राप्ति पोखरेलले बालकविता प्रस्तुत गर्नुभयो भने  नारायण पौडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्रप्रकाश पोखरेल आदि स्रष्टाहरूले कविता वाचन गर्नुभयो । 

    कार्यक्रमको सञ्चालन नारायण पौडेलले गर्नुभयो भने समालोचक रमेश खतिवडाले कार्यक्रममा आफ्नो समालोचना यात्राका बारेमा विचार राख्नुभयो । 

    कार्यक्रममा लेखकलाई माधवप्रसाद खनाल, एकराज शर्मा, श्रीरेन्द्रप्रकाश पोखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, शिव पौडेल, नारायण भट्टराई, रामप्रसाद पौडेल, हिमलाल अधिकारी, रामकृष्ण पौडेल, सङ्गीता पोखरेल आदिले शुभकामना व्यक्त गर्नुभयो । 

    धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको उपस्थिति रहेको सो कार्यक्रममा ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    images
    प्रकाशित मिति :कात्तिक १२, २०७९ शनिबार - २०:३७:१७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • दुई मुक्तक

    १)सुन्छु यहाँ आफूमात्र खाने बहस छचुनाव जितेर संसद् जाने बहस छचारो छरेर केही मतदाता चराउनचुनावपछि जनको दैनिकी सकस छ। २)समाजवादी बाटो भन्छन् शोषण गर्छन्अवसरवादी बन्छन् झन् शोषण गर्छन्माध्यम राजनीतिलाई बनाएर जहिल्यैभोकाहरू

    • २३, कात्तिक २०७९
  • साहित्यकार  खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

    काठमाडौँ, २० कात्तिक । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति भजनहरू प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरिरु,आज

    • २०, कात्तिक २०७९
  • पद्मा तिम्ले फेरि जित्ने छौ

    पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने छौ !!जनताको भाग्य कोर्न तिम्ले जित्ने छौ ।यो देशको मुहार फेर्न तिम्ले जित्ने छौ ।।पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने

    • १४, कात्तिक २०७९
  • सम्झिए महाकवि देवकोटा

    रामबहादुर थापाबागलुङ, ९ कात्तिक । दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरिउद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि... स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित लक्ष्मी कवितामा शर्मा अघि थप्नुहुन्छ

    • ९, कात्तिक २०७९
  • आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

    पाल्पा, ९ कात्तिक । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई

    • ९, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend