Logo

आइतबार, मंसिर ११ गते २०७९

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

कालीगण्डकी खबर

१३, कात्तिक २०७९
  • 400
    SHARES
  • कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

    भैरहवा, १३ कात्तिक । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने ‘प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९’ आयोजना हुनेभएको छ ।

    images
    images

    स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता रहने मेलामा ‘डान्स आइडल प्रतियोगिता’समेत आयोजना हुने छ ।  

    भैरहवाको हनुमान मन्दिरमा कात्तिक १७ गतेदेखि २७ गतेसम्म आयोजना हुने मेलामा व्यावसायिक, कृषि, बाल उद्यान, होटल तथा रेष्टुराँ गरी ५० बढी प्रदर्शनीकक्ष रहने आयोजक संस्थाका अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिनुभयो ।

    कार्यक्रममा स्थानीय कलाकारसँगै राष्ट्रियरूपमा ख्याति कमाएका ज्योति मगर, प्रिती आले, हेमन्त शर्मा, दुर्गेश थापा, प्रकाश सपूत, कर्णराज गिरी, प्रिती पासवान, बबिता धिताललगायतले पनि प्रस्तुति दिने उपाध्यायले जानकारी दिनुभयो । यस्तै भारतका कलाकार रितेश पाण्डे, समर सिंह, शिल्पीराजलगायत पनि मेलामा आउने उहाँले बताउनुभयो ।

    सामाजिकरूपमा काम गरिरहेको लायन्स क्लब अफ लिगेसीले सेवाको उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

    रु २५ लाख खर्च अनुमान गरिएको कार्यक्रमबाट जोगिएको रकमबाट अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा अनाथ क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई सहयोग गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक राजन शुक्लले बताउनुभयो ।

    उहाँले डान्स आइडलमा प्रथम हुनेलाई रु ३० हजार पाँच सय ५५, द्वितीय हुनेलाई रु १५ हजार पाँच सय ५५, तृतीयलाई रु १० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ को सान्त्वाना पुरस्कार प्रदान गर्ने जानकारी दिनुभयो । 

    यस्तै मेलाको अन्तिम दुई दिन कुस्ती प्रतियोगिताको पनि आयोजना गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रमको प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अन्यका लागि रु ७० तोकिएको छ ।

    कोभिडको मारका कारण लामो समयदेखि मनोरञ्जात्मक कार्यक्रम नभएको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुतिले यस क्षेत्रमा मनोरञ्जन दिने उद्देश्य पनि रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का कोषाध्यक्ष विनोद खरेलले बताउनुभयो ।
     
    ‘मेरो क्लब बलियो क्लब’ भन्ने नारासहित भर्खर स्थापना भएको लायन्स क्लब अफ लिगेसीले आयोजना गर्न लागेको मेलाको प्रयास सराहनीय रहेको लायन्स इन्टरनेशनल–३२५ ‘पी’ का एरिया चिफ सङ्गम न्यौपानेले बताउनुभयो । 

    उहाँले सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको क्लबले आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव दिनुभयो ।

    images
    प्रकाशित मिति :कात्तिक १३, २०७९ आइतबार - ०८:१७:२२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गायक आदित्य नारायण नेपालमा

    काठमाडौँ, १० मङ्सिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल

    • १०, मंसिर २०७९
  • विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

    काठमाडौँ, ९ मङ्सिर । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने

    • ९, मंसिर २०७९
  • ‘श्रीमतीको साथले सक्रियता थपेको छ’

    काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । आचार्य

    • २१, कात्तिक २०७९
  • पञ्चकोट चिनाउन दोहोरी

    बागलुङ, १४ कात्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै

    • १४, कात्तिक २०७९
  • राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

    काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको

    • ७, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend