Logo

आइतबार, मंसिर ११ गते २०७९

पद्मा तिम्ले फेरि जित्ने छौ

पद्मा तिम्ले फेरि जित्ने छौ

पूर्णचन्द्र भुसाल

१४, कात्तिक २०७९
  • 817
    SHARES
  • पद्मा तिम्ले फेरि जित्ने छौ

    पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने छौ !!
    जनताको भाग्य कोर्न तिम्ले जित्ने छौ ।
    यो देशको मुहार फेर्न तिम्ले जित्ने छौ ।।
    पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने छौ !!

    images
    images

    सोझासिधा जनता जगाई गाउँ–गाउँ डुल्यौ
    निरङ्कुश व्यवस्थाको धज्जी उड़ाई दियौ 
    शोषण दमन अत्याचारलाई नांगेझार पार्यौ
    नयाँ बिहान चुम्बन गर्न तिमी लागि पर्यौ 

    सुकुम्बासी समस्याको जरो पत्ता लायौ
    बलजफ्ती हड्पिएका जग्गा खिची ल्यायौ
    संकटग्रस्त सहकारीको प्राण जोगाई दियौ
    एकपालिका एक अस्पताल नीति लागु गर्यौ 

    नेपालको चुच्चे नक्शा जारी गराई दियौ
    सगरमाथा शिखरको उचाई नपाई दियौ 
    गाउँघरको विकास गर्न बजेट पारि दियौ
    स्याङ्जालीको मान राख्ने पुत्री बनि दियौ 

    राष्ट्रवाद र जनवादको रक्षक तिमी भयौ 
    चन्द्र(सूर्य झण्डा बोकी तिमी अघि गयौ
    षड्यन्त्र र फरेब तोड्ने तोप तिमी भयौ
    जनताको सुखदुःखको प्यारो साथी भयौ

    महारथीको सारथी भई अघि बढ्नु पद्मा 
    धेरै प्रयास गर्नु पर्छ माटो फिर्ता ल्याउन 
    लागे पनि शत्रु तिम्लाई नलागुन् है दैव
    निर्भिक भई काम गर्नु सखाप पार्न वैर 

    कृतज्ञ छौ तिमी प्रति स्याङ्जालीकी छोरी
    देशको पहिचान जोगाउन तिम्ले जित फेरि
    जनजीविका र समृद्धिको नारा घन्काउ चेली 
    राष्ट्र तन्त्र संविधानलाई हरदम शिरमा धरी  

    images
    प्रकाशित मिति :कात्तिक १४, २०७९ सोमबार - १२:२१:१४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    पूर्णचन्द्र भुसाल

    सम्बन्धित समाचार
  • दुई मुक्तक

    १)सुन्छु यहाँ आफूमात्र खाने बहस छचुनाव जितेर संसद् जाने बहस छचारो छरेर केही मतदाता चराउनचुनावपछि जनको दैनिकी सकस छ। २)समाजवादी बाटो भन्छन् शोषण गर्छन्अवसरवादी बन्छन् झन् शोषण गर्छन्माध्यम राजनीतिलाई बनाएर जहिल्यैभोकाहरू

    • २३, कात्तिक २०७९
  • साहित्यकार  खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

    काठमाडौँ, २० कात्तिक । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति भजनहरू प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरिरु,आज

    • २०, कात्तिक २०७९
  • परिचर्चाः समीक्षासङ्ग्रह विमोचन 

    चितवन, १२ कात्तिक । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक (परिचर्चा) विमोचन कार्यक्रम कार्त्तिक १२ गते शनिवार इच्छाकामना- ३ चुम्लिङटारमा सम्पन्न भएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक

    • १२, कात्तिक २०७९
  • सम्झिए महाकवि देवकोटा

    रामबहादुर थापाबागलुङ, ९ कात्तिक । दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरिउद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि... स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित लक्ष्मी कवितामा शर्मा अघि थप्नुहुन्छ

    • ९, कात्तिक २०७९
  • आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

    पाल्पा, ९ कात्तिक । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई

    • ९, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend