Logo

मंगलवार, चैत्र ६ गते २०८०

स्याङ्जा १ मा १२ उम्मेदवार; को बन्ने हो विधायक ? 

स्याङ्जा १ मा १२ उम्मेदवार; को बन्ने हो विधायक ? 

images

कालीगण्डकी खबर

१७, कार्तिक २०७९
  • 3.7K
    SHARES
  • स्याङ्जा १ मा १२ उम्मेदवार; को बन्ने हो विधायक ? 

    स्याङ्जा, १७ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर १ मा ११ राजनीतिक दलले भाग लिएका छन् ।

    सो क्षेत्रमा ११ राजनीतिक दलबाट ११ जना र स्वतन्त्रबाट १ गरी जम्मा १२ जनाको उम्मेदवारी परेको स्याङ्जा जिल्ला निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो । 

    प्रतिनिधिसभा सदस्यको एक पदका लागि स्याङ्जा क्षेत्र नं १ बाट नेकपा (एमाले) का नारायणप्रसाद मरासिनी, नेपाली काँग्रेसका राजु थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ख्याम बहादुर गुरुङ, मौलिक जरोकिलो पार्टीका हरि नेपाल, हाम्रो नेपाली पार्टीका सोम बहादुर नेपाली, नेकपा माओवादी समाजवादीका ईश्वरी प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका  ओम बहादुर थापा, नेपाली काँग्रेस (विपी) का प्रदीप कुमार पौडेल, जनसमाजवादी पार्टी नेपालका तिल कुमारी नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी र स्वतन्त्रबाट लोक बहादुर दमैको उम्मेदवारी परेको मरासिनीले जानकारी दिनुभयो ।

    यस क्षेत्रमा कुल १ लाख २७ हजार ४११ मतदाता रहेका छन् । तीमध्ये ६२ हजार ६७९ पुरुष, ६४ हजार ७३१ म्हिला र १ अन्य मतदाता रहेका छन् । 

    यस निर्वाचन क्षेत्रमा अर्जुन चौपारी गाउँपालिका, आँधिखोला गाउँपालिका, हरिनास गाउँपालिका, विरुवा गाउँपालिका, फेदीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिकाको १, २, ३, ४  र वालिङ नगरपालिकाको ३, ४ वडा समेटिएका छन् । 
    गत बैशाखमा भएको स्थानीय चुनावको मत हेर्दा स्याङ्जा क्षेत्र १ मा नेपाली काँग्रेस अगाडि देखिन्छ । 

    क्षेत्र नं १ मा पर्ने वालिङ नगरपालिका २ र ४ वडामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार २ सय १० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत १ हजार ३ सय ७ र जनता समाजवादीको १४ मत रहेको छ । 

    images


    क्षेत्र न. १ मा पर्ने भीरकोट नगरपालिकाको वडा १, २, ३, ४ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार २ सय ३० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत २ हजार १ सय ९२ रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ४३, मंगाल नेशनल अर्गनाइजेसनले ४७ र राप्रपाले २१ मत ल्याएका छन् । 

    पुतलीबजार नगरपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ११ हजार २ सय ५० मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ११ हजार ८० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ५ सय २५, राप्रपाले ५ सय ४०, मंगाल नेशनल अर्गनाइजेसनले १४०, एकीकृत समाजवादीले १२२ र स्वतन्त्रले ११६ मत ल्याएका छन् । 

    अर्जुन चौपारी गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार ८ सय १९ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ३ हजार ६ सय ५८ रहेको छ । राप्रपाले २०६, नेपाली जनमत दलले ६ र स्वतन्तले २२ मत ल्याएका छन् । 

    आँधिखोला गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार  ९ सय ७२ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ५ हजार २ सय ७३ रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ३० र  राप्रपाले ८३ मत ल्याएका छन् । 

    फेदीखोला गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार ८ सय ८५ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ३ हजार ६ सय ७५ रहेको छ । त्यसैगरी राप्रपाका वडाध्यक्षहरुले ५२, मंगाल नेशनल अर्गनाइजेसनले ३५ र समाजवादीले १५ मत ल्याएका छन् । 

    बिरुवा गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ४ हजार  ३ सय ३१ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय ५० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ५३६, मंगाल नेशनल अर्गनाइजेसनले १२१, समाजवादीले ११५ र  राप्रपाले १०० मत ल्याएका छन् । 

    हरिनास गाउँपालिकामा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले ३ हजार ८ सय १३ मत ल्याउँदा नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ४ हजार ८ सय १० रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले ८५० र  समाजवादीले २४ मत ल्याएका छन् । 

    यसरी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले ३७ हजार ५ सय १० मत ल्याएका छन् भने यहाँ नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मत ३६ हजार ८ सय ४५ रहेको छ । नेकपा माओवादी केन्द्रका वडाध्यक्षहरुले १ हजार ९ सय ८४, राप्रपाले १ हजार २, मंगाल नेशनल अर्गनाइजेसनले ३४३ र एकीकृत समाजवादीले २७६ र स्वतन्त्रले १३८ मत ल्याएका छन् । 

    सत्ता गठबन्धन र एमालेबीच स्थानीय चुनावको मत हेर्दा दुई हजार बढी मतान्तर देखिन्छ । सत्ता गठबन्धनका उम्मेदवार राजु थापा र एमाले उम्मेदवार नारायणप्रसाद मरासिनीले चुनाव जित्ने दाबी गरिरहनुभएको छ । उहाँहरुले चुनावी प्रचार प्रसारका कार्यक्रमहरु गरिरहनुभएको छ । प्रतिनिधिसभा सदस्य चयन निर्वाचनमा थापा र मरासिनीबीच हुन लागेको यो लगातार तेस्रो पटकको प्रतिस्पर्धा हो ।

    २०७४ को संघीय निर्वाचन र अहिले पनि आमने सामने हुनुहुन्छ । मुख्य प्रतिस्पर्धा पनि उहाँहरु नै हो । दोस्रो पटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवार थापा विजयी हुनुभएको थियो । त्यसपछि २०७४ को संघीय निर्वाचनमा गठबन्धनसहित एमालेका मरासिनी निर्वाचित हुनुभयो ।

    गतप्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका नारायणप्रसाद मरासिनीले ३९ हजार २ सय २६ मत ल्याई विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत ल्याउनुभएको थियो । 

    स्याङ्जा क्षेत्र नम्बर १ मा १०८ मतदानस्थल र १६० मतदान केन्द्र निर्धारण गरिएको छ ।

    यो पनि पढ्नुहोस् :-
    स्याङ्जा १ (क): सुन्दास र थापाबीच कडा प्रस्तिपर्धा

    स्याङ्जा १ (ख): सुधिर पौडेल र बुद्धिबहादुर रानामध्ये कसले मार्ला बाजी ?
    भोजराज अर्याल र मोहन रेग्मीबीच चुनाबी प्रस्तिपर्धा कडा; को होला विजयी ?
    महेश भट्टराई र बुद्धिमान श्रेष्ठबीच कडा प्रस्तिपर्धा हुँदै; कसको पल्ला भारी ?

    images
    प्रकाशित मिति :कार्तिक १७, २०७९ बिहिवार - १८:५८:३४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology