Logo

मंगलवार, चैत्र ६ गते २०८०

पाल्पामा गठबन्धनको विजयी नै युवाको जित होः काँग्रेस नेता श्रेष्ठ

पाल्पामा गठबन्धनको विजयी नै युवाको जित होः काँग्रेस नेता श्रेष्ठ

images

कालीगण्डकी खबर

१८, कार्तिक २०७९
  • 1.1K
    SHARES
  • पाल्पामा गठबन्धनको विजयी नै युवाको जित होः काँग्रेस नेता श्रेष्ठ

    पाल्पा, १८ कार्तिक ।  वाम–लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनको विजयी नै युवाको जित भएको बताउनुभएको छ । 

    images

    शुक्रबार गठबन्धन तानसेन नगर युवा परिचालन समितिको आयोजनामा भएको युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको जित नै सिंगो जिल्लाका युवाहरुको जित भएको दाबी गर्नुभयो । 

    उहाँले युवाहरुका हरेक समस्या समाधानमा गठबन्धन मात्र एक विकल्प रहेको बताउँदै गठबन्धनको जित भएमा सबै युवाहरुको जित हुनेमा जोड दिनुभयो ।

    उहाँले भन्नुभयो‘ परिवार पाल्न विदेशिएका युवा हुुन् वा पढाई सकेर बेरोजगार बसेका युवाहरु हुन् उनीहरुको व्यवस्थापनमा गठबन्धन गम्भीर छ,निर्वाचनपछि बन्ने गठबन्धनको प्रदेश र संघीय सरकारले यी समस्या समाधान गर्ने छन् ।’ 

    सभापति श्रेष्ठले युवाहरुलाई स्वदेशमै रोजगारको ग्यारेन्टी गठबन्धनले गर्ने भएकाले मंसिर ४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई विजयी गराउन  युवाहरुलाई आग्रह गर्नुभयो ।

    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १८:२९:३२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology