Logo

मंगलवार, चैत्र ६ गते २०८०

राष्ट्र र राष्ट्रियता रक्षाको लागि एमालेले जित्नुपर्छः एमाले नेता आचार्य

राष्ट्र र राष्ट्रियता रक्षाको लागि एमालेले जित्नुपर्छः एमाले नेता आचार्य

images

कालीगण्डकी खबर

१८, कार्तिक २०७९
  • 1.4K
    SHARES
  • राष्ट्र र राष्ट्रियता रक्षाको लागि एमालेले जित्नुपर्छः एमाले नेता आचार्य

    पाल्पा, १८ कात्तिक । पाल्पा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद आचार्यले राष्ट्र र राष्ट्रियता रक्षार्थको लागि एमालेले जित्नुपर्ने बताउनुभएको छ । 

    images

    माथागढी गाउँपालिकाको गोठादी र हात्तिलुङमा भएको घरदैलो तथा टोलभेला कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    उहाँले संविधानको रक्षा र कार्यान्वयन गर्न, शान्ति, स्थिरता र विकास कायम गर्न, शान्ति, स्थिरता र विकास सुनिश्चित गर्नका लागि आसन्न निर्वाचनमा नेकपा एमालेलाई जिताउन अनिवार्य रहेको बताउनुभयो ।

    मनसेवा दमार सिँचाई योजना सम्पन्न गर्ने, यहाँ अहिलेपनि मोबाइल नेटवर्कको समस्या भएकाले यसको लागि आफूले कम गर्ने आचार्यले बताउनुभयो । 

    झँडेवा–खैरेनी र जगात–भुटुके–सुनवल सडक स्तरोन्नति गर्ने, यहाँको लघुजलविद्युतबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रशारणमा जोड्ने र यहाँको आम्दानीको स्रोतमा वृद्धि गर्ने बताउनुभयो । साथै ग्रामिण विद्युतिकरणको कार्यक्रमलाई सम्पन्न गर्ने बताउनुभयो ।

    images
    प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - २०:२०:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology