Logo

आइतबार, मंसिर ११ गते २०७९

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

कालीगण्डकी खबर

२०, कात्तिक २०७९
  • 331
    SHARES
  • एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

    मोरङ, २० कात्तिक । नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । 

    images
    images

    पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभयो ।

    प्रतिबद्धतामा २६ वटा एजेण्डा समावेश गरिएको छ । एमालेको तीन वर्ष छ महिनामा सरकार सञ्चालनको अवधिमा गरेको मुख्य÷मुख्य कामको उपलब्धि समावेश गरिएको छ ।

    प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । यसैगरी जनप्रतिनिधिले शासक होइन जनताको सेवकको रुपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायीकरण, कृषि यान्त्रिकरण, मलखाद, सिँचाइ, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवनस्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ । 

    प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्नेलगायत विषय प्राथमिकतामा राखिएको छ ।
     प्रतिबद्धतापत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ ।

    यसैगरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बङ्गलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाइल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । 

    गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले सुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायत विषय प्रतिबद्धतापत्रमा समेटिएको छ । 

    सङ्घीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्ययोजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

    images
    प्रकाशित मिति :कात्तिक २०, २०७९ आइतबार - ०७:४४:३० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

    गण्डकी, ८ मङ्सिर । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित

    • ८, मंसिर २०७९
  • कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

    भेरीगङ्गा, ८ मङ्सिर । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अ हिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत

    • ८, मंसिर २०७९
  • सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

    महेन्द्रनगर, ८ मङ्सिर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच

    • ८, मंसिर २०७९
  • स्याङ्जाका एक पुरुष जंगलमा मृत अवस्थामा फेला 

    कास्की, ७ मङ्सिर । कास्की, पोखरा महानगरपालिका-२१ कृष्तीस्थित इनारे जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।मृत अवस्थामा भेटिनेमा स्याङ्जा, फेदिखोला गाउँपालिका- १ मटिखाना बस्ने ७० वर्षीय राम बहादुर

    • ७, मंसिर २०७९
  • गण्डकी प्रदेश : मतदान सुरु

    गण्डकी, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण

    • ४, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend