Logo

आइतबार, मंसिर ११ गते २०७९

‘श्रीमतीको साथले सक्रियता थपेको छ’

‘श्रीमतीको साथले सक्रियता थपेको छ’

कालीगण्डकी खबर

२१, कात्तिक २०७९
  • 241
    SHARES
  • ‘श्रीमतीको साथले सक्रियता थपेको छ’

    काठमाडौँ, २१ कात्तिक । करिब पाँच दशकदेखि नेपाली कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय नाम हो, हरिवंश आचार्य । उमेरले ६५ वर्ष पार गरेका आचार्यको सक्रियतामा अझै पनि कमी आएको छैन । 

    images
    images

    आचार्य अझै पनि रङ्गमञ्चका साथै चलचित्र निर्माण तथा अभिनयमा उत्तिकै सक्रिय छन् । उनी विज्ञापन, म्युजिक भिडियोसँगै फिल्ममा काम गरिरहेकै छन् । 

    लामो समयसम्म यस क्षेत्रमा सक्रिय हास्यकलाकार आचार्यले श्रीमति मीरा आचार्यको निधनपछि करिब एक वर्ष सक्रिय जीवन बिताएनन् । अर्थात्, करिब उक्त अवधिभर चलचित्र लगायतमा काम गरेनन् । तर रमिला पाठकसँग दोस्रो विवाहपछि भने उनी पुरानै लयमा फर्किएका छन् । काममा उसैगरी जोश र जाँगरका साथ काम गरिरहेको उनको भनाइ छ । 

    मह सञ्चारबाहेकका प्रोजेक्टमा निकै कमै देखिने आचार्य अभिनित पछिल्लो चलचित्र ‘महापुरुष’ प्रदर्शनरत छ र यसले दर्शकहरुबाट सकारातमक प्रतिक्रिया समेत पाइरहेको छ । ‘महापुरुष’ चलचित्र एकलपुरुषको कथामा आधारित छ । कथाका केही प्रसङ्गहरु आचार्यको जीवनसँग पनि मेल खान्छ ।  
      
    “मेरो दोस्रो विवाह हुने प्रसङ्गबाहेक फिल्मको कथा फरक छ । एक्लोपनले निम्त्याउने समस्या भने मिल्न सक्छ”, उहाँले भन्नुभयो, “वास्तविक जीवनमा मेरो सन्तानले नै दोस्रो विवाहप्रति देखाएको सद्भाव मेरो लागि प्रेरणा बन्यो ।” सन्तानले पनि आफ्नो अभिभावकको इच्छा बुझे अभिभावक सुखीसँगै खुसी रहन सक्ने उहाँको भनाइ छ । 

    आचार्यले एक्लोपनले जीवनमा समस्या ल्याउने र आफू पनि शोकमा हुँदा झन्डै एक वर्ष काम गर्न नसकेको बताउनुहुन्छ । “तर अहिले मेरो काममा देखिएको सक्रियता श्रीमतीकै कारण सम्भव भएको हो”, अभिनेता आचार्यले भन्नुभयो, “उहाँको साथ र सहयोगले नै म अहिले सक्रियतापूर्वक काम गर्न सकेको छु ।” 
     
    महापुरुष चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफूले दोस्रो विवाहको समय स्मरण गरेको उहाँले बताउनुभयो । “दोस्रो विवाहको निर्णय लिन कठिन हुन्छ । आफ्नो खुसी हेर्ने हो कि सामाजिक प्रतिष्ठा भन्ने प्रश्नले द्विविधा उत्पन्न गराउँछ”, उहाँले भन्नुभयो, “यो द्विविधामा म मात्रै होइन अन्यमा पनि रहेको पाएँ ।”  अभिनेता आचार्य प्रायः कार्यक्रममा श्रीमतिसँगै पुग्नुहुन्छ । उहाँ हालै मात्रै सपत्नी संयुक्तराज्य श्रीमतिसँगै अमेरिका पुग्नु भएको छ । 

    महापुरुष चलचित्रमा उहाँले दुई छोराको पिताको भूमिका निभाउनु भएको छ । कान्छो छोराको विवाहको तयारी हुँदै गर्दा आफै प्रेममा परेपछि आउने परिस्थितिलाई मुख्य कथा बनाइएको छ । परिवारसँगै हुँदा पनि सन्तानले समय नदिँदा बुबाआमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने विषयवस्तुलाई चलचित्रमा उठान गरिएको छ । 

    फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले शीर्षक छनोटपछि हरिवंश आचार्य बोहक अरु कलाकारलाई उक्त भूमिका दिन नसकिएको बताउनुभयो । चलचित्रमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायतका कलाकारको अभिनय छ । 

    images
    प्रकाशित मिति :कात्तिक २१, २०७९ सोमबार - १२:२०:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गायक आदित्य नारायण नेपालमा

    काठमाडौँ, १० मङ्सिर । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आउनुभएको छ । उहाँ शुक्रबार साँझ नेपाल आइपुग्नुभएको हो । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उहाँ नेपाल

    • १०, मंसिर २०७९
  • विदेशमा बढ्दै छ नेपाली चलचित्रको बजार

    काठमाडौँ, ९ मङ्सिर । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न दर्शक लालायित हुने

    • ९, मंसिर २०७९
  • पञ्चकोट चिनाउन दोहोरी

    बागलुङ, १४ कात्तिक । शरद यामको पारिलो दिन । रोधीघरझैँ सजिएको पटाङ्गिनी । गुन्द्रीमा पलेँटी कसेका कलाकार । खचाखच दर्शकदीर्घा । आइतबार भिन्न रौनक थियो सर्वसिद्धिधाम पञ्चकोटमा । साँझ अबेरसम्मै

    • १४, कात्तिक २०७९
  • कात्तिक १७ देखि भैरहवामा सांस्कृतिक मेला हुँदै

    भैरहवा, १३ कात्तिक । लायन्स क्लब अफ लिगेसीको आयोजनामा यही कात्तिक १७ गतेदेखि भैरहवामा १० दिने प्रथम सिद्धार्थनगर सांस्कृतिक मेला २०७९ आयोजना हुनेभएको छ । स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका कलाकारको सहभागिता

    • १३, कात्तिक २०७९
  • राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

    काठमाडौँ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थितमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थाले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको

    • ७, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend