Logo

आइतबार, मंसिर ११ गते २०७९

योग तथा संस्कारले ल्याएको परिवर्तन

योग तथा संस्कारले ल्याएको परिवर्तन

कालीगण्डकी खबर

२८, कात्तिक २०७९
  • 274
    SHARES
  • योग तथा संस्कारले ल्याएको परिवर्तन

    भजनी, २८ कात्तिक । कैलालीको टीकापुर नगरपालिका–१ का निराजन उपाध्याय खड्ग स्मृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनत हुनुहुन्छ । 

    images
    images

    निर्धारित समयमा विद्यालय पुग्ने र छुटी भएपछि घर फर्कने उहाँको दैनिकी थियो । केही दिनमै त्यो दैनिकीमा उहाँको परिवर्तन आएको छ । उहाँ घरपरिवार, विद्यालय र समाजको बारेमा सम्म सोच्न थाल्नुभएको छ । सैद्धान्तिक ज्ञानले मात्रै सबै कुराको सिकाइ हुने उहाँको मनस्थितिलाई योग तथा संस्कार शिविरले परिवर्तन गरिदिएको छ ।
     
    विद्यालयमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५० विद्यार्थीलाई आयोजित योग तथा संस्कार शिविरमा सहभागी हुनुभएका उहाँ भन्नुहुन्छ, “पाठ्यक्रमको सिकाइभन्दा शिविरमा सिकेको ज्ञान निकै महत्वपूर्ण छ । जुन सिकाइले हाम्रो व्यवहारमा समेत परिवर्तन गरेको छ ।” कक्षा १० मा अध्ययनत रेनुका विष्ट योगले शारीरिक र संस्कारले व्यवहारमा निकै परिवर्तन आएको बताउनुहुन्छ । 

    “हामी व्यक्तिलाई हेरर व्यवहार गर्छौं । विद्यालय बाहिर शिक्षकलाई भेट्दा लुक्छौँ । त्यो मेरो जीवनमा पनि लागू  हुन्थ्यो”, उहाँले भन्नुभयो, “चार दिनको सिकाइले धेरै परिवर्तन आएको महसुस मैले गरेकी छु । सबैसँग घुलमिल हुनसक्ने क्षमताको विकास भएको छ ।” विद्यालयमा कक्षा ९ मा अध्ययनरत सरस्वती घर्तीमगरमा अपरिचित व्यक्तिसँग बोल्ले बानी थिएन । कक्षा कोठामै आफ्नै साथीहरूसँग बोल्न नसक्ने सरस्वती चार दिने सिकाइले आफूलाई धेरै परिवर्तन महसुस गरेको बताउनुहुन्छ ।

    “पाठ्यक्रमको अध्ययनले मात्रै सबै कुरामा सक्षम छु भन्नु गलत रहेछ । हाम्रा अभिभावक अझै पनि सैद्धान्तिक ज्ञानमा विश्वास गर्नुहुन्छ । सैद्धान्तिक ज्ञानले मात्रै नपुग्दो रहेछ,” सरस्वतीले भन्नुभयो, “त्यो कुरा अभिभावकलाई सम्झाउन सक्ने भएको छु । जुन कुरा मेरो लागि निकै महत्वपूर्ण छ ।”

    नेहारिका चौधरी योग तथा संस्कार शिविरमा सहभागी नहुँदा निकै पछुतो भएको बताउनुहुन्छ । आफैँसँग अध्ययन गरिरहेका साथीहरूले चार दिनमा सिकेको कुराले उहाँमा एक किसिमको आक्रोश पनि देखिन्थ्यो । “आफ्नै कारणले मैले शिविरमा सहभागी हुने अवसर गुमाए । आज साथीहरूले सिकेको कुराले मलाई ईष्र्या भएको छ”, उहाँले भन्नुभयो, “अब यस्ता अवसर म जीवनमा कहिल्यै गुमाउने छैन । शिविरमा सिकेका कुरा साथीहरूबाट सिक्ने प्रयास गर्ने छु ।”
     
    विद्यालयका प्रधानाध्यापक केशरबहादुर रावल पनि योग तथा संस्कार शिविरबाट विद्यार्थीमा भएको सिकाइले खुसी हुनुहुन्छ ।  वर्ष दिनसम्म सिकाएको भन्दा चार दिन सिकेको कुरा विद्यार्थीका लागि महत्वपूर्ण भएको जनाउँदै उहाँले विद्यार्थीमा संस्कारको विकास मात्रै नभई जिम्मेवारीको बोधसमेत भएको बताउनुभयो । “शिविरमा सहभागी भएका विद्यार्थीमा देखिएको उत्साहले हामीलाई पनि गर्व महसुस भएको छ”, उहाँले भन्नुभयो, “शिविरमा सहभागी नभएका विद्यार्थीमा पनि सिक्ने उत्सुकताले विद्यालयमा योग तथा संस्कारसम्बन्धी कक्षा सञ्चालन गर्न आवश्यक देखिएको छ ।”
     
    योग प्रशिक्षक रवीन्द्र बस्नेत बालबालिकाका लागि संस्कार निकै आवश्यक कुरा भइसकेको बताउनुहुन्छ । उहाँले बालबालिकामा योग शिक्षा र संस्कारको विकास गर्न नसके त्यसले ठूलोठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । “अहिले अभिभावकले आफ्ना बालबालिकालाई समय दिन सकेको अवस्था छैन । बालबालिकाको ध्यान अभिभावक र आफ्नो समाजभन्दा मोबाइलसँगै अहिलेको आधुनिकतामा बढी केन्द्रित भएको छ”, उहाँले भन्नुभयो, “यस्ता कुराले बालबालिकालाई मानसिकरुपमा निकै असर पार्न सक्छ । संस्कार बालबालिकाका लागि निकै महत्वपूर्ण विषय बनिसकेको छ ।”
     
    टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाहले विद्यालयमा योग शिक्षा निकै आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थीमा योग शिक्षाले विद्यार्थीको शारीरिक तथा तथा संस्कारले मानसिक विकास गर्नसक्ने बताउँदै त्यसका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो । “अभिभावकले बालबालिकालाई समय दिन नसकेकै कारण बालबालिका गलत क्रियाकलापमा फस्दै गएको तितो यथार्थ हाम्रो अगाडि छ”, उहाँले भन्नुभयो, “समाजमा भइरहेका गलत क्रियाकलापलाई न्यूनीकरण गर्नका लागि पनि बालबालिकालाई संस्कार सिकाउन जरुरी छ । भविष्यप्रति जिम्मेवार बनाउन आवश्यक छ ।

    images
    प्रकाशित मिति :कात्तिक २८, २०७९ सोमबार - १०:०२:४४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • तनहुँमा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण

    तनहुँ, ३ मङ्सिर । तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेङ्गु सङ्क्रमण भएको पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा

    • ३, मंसिर २०७९
  • धवलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

    बलेवा, २ मङ्सिर । एम्बुलेन्सको अभाव खेपिरहेको धवलागिरि अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियामा रहेका नेपालीले स्वतस्फुर्त सङ्कलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स

    • २, मंसिर २०७९
  • डेङ्गु सङ्क्रमणका कारण ६ जनाको मृत्यु

    चितवन, २९ कात्तिक । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेङ्गु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको

    • २९, कात्तिक २०७९
  • निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, २७ कात्तिक । निर्वाचनका समयमा उम्मेदवारी मनोनयन दर्तादेखि विजयी जुलुससम्ममा भीड हुन्छ । मङ्सिर ४ को निर्वाचनका लागि अहिले उम्मेदवारहरु घददैलो कार्यक्रम र प्रचारप्रसारमा व्यस्त हुँदा जनस्वास्थ्य मापदण्ड लाइ

    • २७, कात्तिक २०७९
  • सगरमाथा पदमार्गमा अस्पताल, गन्तव्य चुम्न पर्यटकलाई हुने छैन सकस

    विक्रम गिरी । सोलुखुम्बु, २६ कात्तिक । खुम्बु पासाङल्हामु गाउँपालिकाको सिरानमा छ विश्वकै सर्वोच्च हिमशिखर सगरमाथा । आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो हिमाल चुम्न तथा नजिकबाट

    • २६, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend