Logo

आइतबार, मंसिर ११ गते २०७९

कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

कालीगण्डकी खबर

३०, कात्तिक २०७९
  • 250
    SHARES
  • कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

    काठमाडौँ, ३० कात्तिक । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

    images
    images

    कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताउनुभयो । प्राप्त भएकामध्ये २० विचारलाई १५ दिनको मार्गनिर्देश गरिएको थियो । 

    छनोट भएका २० विचारलाई मार्गनिर्देशपछि १० उत्कृष्टलाई अन्तिम प्रक्रियाका लागि छनोट गरिएको थियो । अन्तिममा उत्कृष्ट चार विजेता छनोेट गरिएको उहाँले बताउनुभयो । 

    छनोट गरिएका चार उत्कृष्ट उद्यम विचारमा बायो ग्रीन, वी फर नेचर, आहा बेङ्गलस् र मेहेनती डट कम छन् । कलेज आइडिया हन्टका चारै विजेतालाई रु एक लाख पुरस्कार प्रदान गरिएको छ । 

    कलेज आइडिया हन्टका सबै विजेता आइडिया स्टुडियो सिजन–७ मा स्वतः सहभागी हुन पाउने आइडिया स्टुडियोले जनाएको छ ।

    आइडिया स्टुडियो सिजन–७ मा सहभागी हुन चाहने इच्छुक व्यक्तिले यही कात्तिक २९ देखि आगामी पुस १७ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले आवेदनको प्रक्रिया, योग्यता तथा भिडियो निर्देशनका लागि https://ideastdio.org.np मा गएर हेर्न र आफ्नो आइडिया पठाउन सक्ने जनाइएको छ । 

    आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन–७’ का लागि आवेदन खुला गरेको हो । आइडिया स्टुडियो नेपाल सिजन–६ सम्म चार सय ५० भन्दा बढी नवीन विचारको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये तीन सय ५० भन्दा बढी व्यवसाय सुरु भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट सुरु भएका व्यवसायमध्ये ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको बताइएको छ ।

    आइडिया स्टुडियो नेपालले हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान गर्ने, प्रविधिसम्बद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने व्यावसायिक विचारलाई विशेष प्राथमिकता दिँदै ती विचारलाई उत्कृष्ट बनाउन सरसल्लाह, व्यावसायिक सञ्जाल, मार्गनिर्देश, रियालिटी टिभी सो साथसाथै वित्तीय पहुँचका लागि सहजीकरण गराउन मद्दत गर्दै आएको छ ।

    हालसम्म आइडिया स्टुडियोले विभिन्न कार्यक्रमबाट मुलुकका सातवटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिको सहभागिता जुटाउँदै आएको छ ।

    images
    प्रकाशित मिति :कात्तिक ३०, २०७९ बुधबार - ०८:३१:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • कालिका विद्यापीठ : समाजसेवी सापकोटाको सपना

    चितवन, ३ मङ्सिर । करिब दुई साताअघि राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा गैँडाकोटका समाजसेवी तिलक सापकोटालाई भेट्न उहाँको निवास पुग्नुभयो । साथमा म पनि

    • ३, मंसिर २०७९
  • ‘मेमोरी किङ’ को सुनौला सपना

    कालिका खड्का । काठमाडौँ, २९ कात्तिक । मेमोरी किङ का नामले विश्वमा परिचित अर्पण शर्मा (कट्टेल) लाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ

    • २९, कात्तिक २०७९
  • विद्यार्थीलाई नमूना मतदान  भन्छन्: अभिभावकलाई सिकाउँछौँ

    भजनी, २६ कात्तिक । कैलालीको टीकापुर नगरपालिका१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराख्नुभएको छ । शुक्रबार उहाँले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत हुनुभयो

    • २६, कात्तिक २०७९
  • सामुदायिक विद्यालयप्रती आकर्षण बढाउन बाल बचतमा अनुदान

    फिक्कल, २५ कात्तिक । इलामको सूर्योदय नगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकाको वचतमा अनुदान दिने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको विद्यालय छोड्ने दर घटाउन र आधारभूत तहको

    • २५, कात्तिक २०७९
  • जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

    गण्डकी, २३ कात्तिक । पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपालजापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको

    • २३, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend