Logo

आइतबार, मंसिर ११ गते २०७९

रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

कालीगण्डकी खबर

३०, कात्तिक २०७९
  • 253
    SHARES
  • रुपन्देही क्षेत्र नं ५ : बुद्ध जन्मभूमिको विकास उम्मेदवारका ‘एजेन्डा’

    रुपन्देही, ३० कात्तिक ।  बुद्ध जन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासोको विषय बनेको छ ।

    images
    images

    यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् । 

    यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट वासुदेव घिमिरेबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहो¥याउने रणनीतिका साथ चुनावी मैदानमा खटिनुभएको छ ।

    २०७४ को स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वाससहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बन्नुभएको छ । तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक सङ्घीय संसद्को उम्मेदवार बनाएको हो ।

    “यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आङ्कलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिस्पर्धा हुन्छ”, स्थानीय समाजसेवी विष्णु बस्याल भन्नुहुन्छ । 

    कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्व नेता रामनाथ ढकाललाई पराजित गर्नुभएको थियो । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्व नेता ढकालले शाहलाई पराजित गर्नुभएको थियो । त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित हुनुभएको थियो । 
    यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जीत दोहो¥याउने बिश्वासमा हुनुहुन्छ । “मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय विकास गरेका कारण जित्दै आएको छुँ”, शाह भन्नुहुन्छ । 

    तीनपटक सङ्घीय संसद्मा निर्वाचित भइसकेका शाहलाई मुलुकमै सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरेले कडा चुनौती दिनुभएको छ । उम्मेदवार घिमिरेले विगतको अनुभवका आधारमा बुद्धभूमिसँग जोडेर समग्र क्षेत्र नं ५ लाई नमूना बनाउने योजना सुनाउँदै मतदातासँग मत मागिरहनुभएको छ । “रुपन्देहीका अन्य क्षेत्रको तुलनामा यो ठाउँ पछाडि छ । यहाँको विकास र समृद्धिका लागि लुम्बिनीसँग जोडर केही योजना बनाएको छु, ती योजनाको कार्यान्वयनका लागि यो क्षेत्रमा नेतृत्व परिवर्तन आवश्यक छ”, घिमिरे भन्नुहुन्छ ।

    प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट ५ (१) मा भूमिश्वर ढकाल र ५(२) मा रामचन्द्र यादव तथा सत्ता गठबन्धनका तर्फबाट प्रदेश सभा १ मा विनोद पहाडी र २ मा फखरुद्दिन खान चुनावी मैदानमा उत्रिनुभएको छ । एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो । पडाडी संविधानसभाका सदस्य भइसक्नुभएको छ भने खान यसअघि ०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुुनुभएको थियो ।

    यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भीष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा हुनुहुन्छ । यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिका–५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–१ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिका–१ पर्दछ । 

    images
    प्रकाशित मिति :कात्तिक ३०, २०७९ बुधबार - १२:५९:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

    गण्डकी, ८ मङ्सिर । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित

    • ८, मंसिर २०७९
  • कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

    भेरीगङ्गा, ८ मङ्सिर । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अ हिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत

    • ८, मंसिर २०७९
  • सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

    महेन्द्रनगर, ८ मङ्सिर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच

    • ८, मंसिर २०७९
  • स्याङ्जाका एक पुरुष जंगलमा मृत अवस्थामा फेला 

    कास्की, ७ मङ्सिर । कास्की, पोखरा महानगरपालिका-२१ कृष्तीस्थित इनारे जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।मृत अवस्थामा भेटिनेमा स्याङ्जा, फेदिखोला गाउँपालिका- १ मटिखाना बस्ने ७० वर्षीय राम बहादुर

    • ७, मंसिर २०७९
  • गण्डकी प्रदेश : मतदान सुरु

    गण्डकी, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण

    • ४, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend