Logo

आइतबार, मंसिर ११ गते २०७९

शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

कालीगण्डकी खबर

२, मंसिर २०७९
  • 259
    SHARES
  • शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

    काठमाडौँ, २ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।

    images
    images

    शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो ।

    पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ ।

    त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

    images
    प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रबार - १९:३२:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • भोटेकोसीका होटल तथा रिसोर्ट  लयमा फर्किदै

    चौतारा, ११ मङ्सिर । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।

    • ११, मंसिर २०७९
  • निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

    काठमाडौँ, १० मङ्सिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको

    • १०, मंसिर २०७९
  • दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

    देउखुरी, १० मङ्सिर । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा

    • १०, मंसिर २०७९
  • गत आर्थिक वर्ष साढे २८ अर्ब बेरुजु थपियो

    काठमाडौँ, १० मङसिर । गत आर्थिक वर्ष २०७८-७९ को आन्तरिक लेखा परीक्षणबाट रु २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा

    • १०, मंसिर २०७९
  • जगदम्बा इन्टरप्राइजेजले ४८ मेगावाट बिजुली लिने

    काठमाडौँ, ९ मङ्सिर । बारापर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले थप बिजुली पाउने भएको छ । सो उद्योग ४८ मेगावाटसम्म विद्युत्् लिन नेपाल विद्युत्् प्राधिकरणको प्रणालीमा जोडिएको छ । फलाम र

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend