Logo

आइतबार, मंसिर ११ गते २०७९

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

कालीगण्डकी खबर

३, मंसिर २०७९
  • 211
    SHARES
  • निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले कस्ता सेवासुविधा पाउँछन् ?

    काठमाडौँ, ३ मङ्सिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसपटक निर्वाचन आयोगले दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी खटाएको छ ।

    images
    images

    देशभरका २२ हजार दुई सय २७ मतदान केन्द्र, एक सय ४१ अस्थायी मतदान केन्द्र र १० हजार आठ सय ९२ मतदानस्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलगायत खटाइएका छन् । 

    निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्थापनका लागि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ कार्यान्वयनमा रहेको छ । 

    यसरी निर्वाचनमा खटिएका कर्मचारीले ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सञ्चालन ९आर्थिक व्यवस्थापन० कार्यविधि, २०७९’ मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवासुविधा पाउँछन् ।

    मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले पाउने सेवा सुविधा निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराउँछ । निर्वाचनका क्रममा खर्च हुने रकम कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको नाममा निकासा दिन्छ ।

    कार्यविधिअनुसार मतदान केन्द्रमा खटिने मतदान अधिकृतलाई प्रतिदिन रु दुई हजार पाँच सय, सहायक मतदान अधिकृतलाई रु दुई हजार, सहायक कर्मचारीलाई रु एक हजार छ सय र सहयोगी कर्मचारीलाई रु एक हजार दुई सय भत्ता उपलब्ध गराइन्छ । सहायक मतदान अधिकृत राजपत्राङ्कितस्तरको कर्मचारी भएमा भने अधिकृतसरह नै दैनिक तथा भ्रमण भत्ता पाउँछन् । 

    मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म, मतदान केन्द्रबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म र निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो  कार्यालयसम्म जान आउन लाग्ने दिन र मतदान केन्द्रमा बस्ने तीन दिनकोसमेत दैनिक तथा भ्रमण भत्ता दिइन्छ । पैदलयात्रा गर्दा प्रति १५ किलोमिटरलाई एक दिन मानि दैनिक भत्ता उपलब्ध गराउने व्यवस्था छ । 

    प्रमुख मतगणना अधिकारी ९निर्वाचन अधिकृत०ले दैनिक रु दुई हजार पाँच सय, मतगणनाका लागि एकै समयमा एकभन्दा बढी मतगणना टोली परिचालन गरिएकामा प्रमुख मतगणना अधिकारी ९निर्वाचन अधिकृत०ले प्रत्येक थप टोलीका लागि पाउने थप रकममा रु एक हजार पाउनेछन् । 

    साथै सहायक मतगणना अधिकारीले प्रतिसिफ्ट दैनिक रु दुई हजार, मतगणना सहायक र कम्प्युटर अपरेटरले प्रतिसिफ्ट रु एक हजार छ सय, र कार्यालय सहयोगीले प्रतिसिफ्ट एक हजार दुई सय पाउनेछन् । 

    मतगणनाका व्यवस्थापन खर्चअन्तर्गत २० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ३० हजार र निर्वाचन अधिकृतको कार्यालयले रु २५ हजार पाउनेछन् । साथै ५० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ४० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ४० हजार पाउनेछन् । 

    साथै ८० हजारसम्म मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ५० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ५० हजार पाउनेछन् । साथै ८० हजारभन्दा बढी मतदाता भएमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रु ६० हजार र निर्वाचन अधिकृतको कार्यालय रु ६० हजार पाउनेछन् ।

    मतगणना केन्द्र निर्माण खर्चका रुपमा भवन उपलब्ध भएका ठाउँमा सात हजार र भवन उपलब्ध नभएका ठाउँमा रु १५ हजार उपलब्ध गराइन्छ । त्यस्तै मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्चका रुपमा प्रति १५ किलोमिटर रु तीन हजार मतपेटिका तथा निर्वाचन सामग्री ढुवानी खर्च दिने व्यवस्था रहेको छ ।

    images
    प्रकाशित मिति :मंसिर ३, २०७९ शनिबार - १९:४३:१६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • चन्द्रागिरिमा रु एक अर्ब बढीे लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

    काठमाडौँ, ११ मङ्सिर । चन्द्रागिरि नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी१२

    • ११, मंसिर २०७९
  • भोटेकोसीका होटल तथा रिसोर्ट  लयमा फर्किदै

    चौतारा, ११ मङ्सिर । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।

    • ११, मंसिर २०७९
  • निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

    काठमाडौँ, १० मङ्सिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको

    • १०, मंसिर २०७९
  • दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

    देउखुरी, १० मङ्सिर । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा

    • १०, मंसिर २०७९
  • गत आर्थिक वर्ष साढे २८ अर्ब बेरुजु थपियो

    काठमाडौँ, १० मङसिर । गत आर्थिक वर्ष २०७८-७९ को आन्तरिक लेखा परीक्षणबाट रु २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend