Logo

आइतबार, मंसिर ११ गते २०७९

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

कालीगण्डकी खबर

६, मंसिर २०७९
  • 223
    SHARES
  • अर्जेन्टिनामाथि साउदी अरेबियाको जित

    काठमाडौं, ६ मंसिर  । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्र्तगत समूह 'सि'मा रहेको साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गरेको छ ।

    images
    images

    कतारको लुसाइल स्टेडियममा आज भएको खेलमा साउदी अरेबियाले उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो । 

    खेलमा पहिलो आग्रता भने अर्जेन्टिनाले लियो । कप्तान लियोनल मेस्सीले खेलको १०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई १–० को आग्रता दिलाए । साउदीका साउद अब्दुलहामिदले अर्जेन्टिनाका लिन्ड्रो पारेडेसलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए । तर अर्जेन्टिनाको आग्रता लामो समयसम्म टिक्न सकेन ।

    पहिलो हाफमा १-० ले पछि परेको साउदीले दोस्रो हाफमा दुई गोल ग¥यो । खेलको पहिलो हाफमा फितलो खेल प्रदर्शन गरेको साउदीले दोस्रो हाफको सुरुवातदेखि नै अर्जेन्टिनालाई दबाबमा राखेको थियो । 

    खेलको ४९औं मिनेटमा साउदीका सालेह अल सेहरीले गोल गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसको पाँच मिनेटमै साउदीका सालेम अल दसारी गोल गर्दै २-१ गोलको आग्रता बनाए । सालेमले पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत  भएको थियो । 

    जितसँगै साउदीले तीन अङ्क जोडको छ । आजै हुने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डि’मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल अहिले साँझ ६ः४५ बजे सुरु हुनेछ ।

    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलबार - १८:३२:३६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह इ र समूह एफ का समान दुईदुई खेल हुँदैछन् । पहिलो

    • ११, मंसिर २०७९
  • अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित 

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सि अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको

    • ११, मंसिर २०७९
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह सी र समूह डी का समान दुई दुई खेल हुनेछन्

    • १०, मंसिर २०७९
  • नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल ११

    • १०, मंसिर २०७९
  • फिफा विश्वकप: अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend