Logo

आइतबार, मंसिर ११ गते २०७९

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

कालीगण्डकी खबर

६, मंसिर २०७९
  • 220
    SHARES
  • पोखरा विमानस्थलको भूमिस्थ सेवा प्रदान गर्न प्राधिकरणलाई वायुसेवा निगमको अनुरोध

    काठमाडौँ, ६ मङ्सिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ निगमलाई प्रदान गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गरेको छ ।

    images
    images

    निगमले ग्राउण्ड ह्याण्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न अनुरोध गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

    सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो ।

     ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउण्ड ह्याण्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।

    दिल्ली उडान कटौतीले आम्दानी खुम्चियो
    निगमले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौँ–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडान तालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा सङ्कुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात साताका चार उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौँ–दिल्ली–भैरहवा–काठमाडौँ) उडान गर्ने गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ । साथै, निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ ।

    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलबार - १९:००:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • नवनिर्वाचित जनप्रतिनिधि: खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

    ढोरपाटन, ११ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँगाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ१ र २ मा

    • ११, मंसिर २०७९
  • बागलुङमा बदर मत घट्यो

    गलकोट, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर

    • ११, मंसिर २०७९
  • सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

    काठमाडौँ, १० मङ्सिर । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय

    • १०, मंसिर २०७९
  • इलाम केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ, १० मङ्सिर । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार

    • १०, मंसिर २०७९
  • समानुपातिकतर्फ ७६ लाख मत गनियो

    काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ पाँच ४० सम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend