Logo

आइतबार, मंसिर ११ गते २०७९

उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु

उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु

एजेन्सी

६, मंसिर २०७९
  • 238
    SHARES
  • उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु

    नयाँ दिल्ली, ६ मङ्सिर । भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार पुष्टि गरेका छन् ।

    images
    images

    घटना मेघालयको पश्चिम जयन्तिया हिल्स जिल्लामा भएको थियो । असम प्रहरी र असम वन रक्षकहरूले भीडमा अन्धाधुन्ध गोली चलाएका थिए ।

    सञ्चारमाध्यममा जनाइएअनुसार असम प्रहरीका अनुसार कर्मचारी र असम वन गार्डहरू ट्रकलाई पछ्याउँदै मेघालयको क्षेत्रमा प्रवेश गरेका थिए ।  त्यहाँ दुई पक्षबीच चर्को बहस भएको र त्यहाँ उपस्थित असमका सुरक्षाकर्मीले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना घटेको बताइएको छ ।  

    सङ्गमाले ट्वीट गर्दै पश्चिम जयन्तिया हिल्स जिल्लाको मुक्रोह गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा असम प्रहरी र असम वन रक्षकहरूको गोलीबाट ६ जनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, “मृतकमध्ये पाँच जना मेघालयका बासिन्दा भएको र एक जना असम वन रक्षक भएको पुष्टि भएको छ । मृतकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”

    उनका अनुसार यस अमानवीय कार्यका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आफ्नो सरकारले सबै किसिमका कदम चाल्ने बताएका छन् ।

    यसैबीच मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै मृतकका आफन्तहरूलाई ५ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँने घोषणा पनि गरेका छन् ।

    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलबार - २१:४४:०७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    सम्बन्धित समाचार
  • अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

    कोलम्बो, १० मङ्सिर । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ । श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको

    • १०, मंसिर २०७९
  • बिजापुरमा चार जना माओवादी मारिए

    बिजापुर, १० मङ्सिर । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा

    • १०, मंसिर २०७९
  • ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

    ब्राजिलिया, १० मङ्सिर । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई

    • १०, मंसिर २०७९
  • घरमा आगलागी हुँदा १० को मृत्यु, नौ जना घाइते

    उरुम्की, चीन, ९ मङ्सिर । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको

    • ९, मंसिर २०७९
  • कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    सोल, ८ मङ्सिर । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार

    • ८, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend