Logo

आइतबार, मंसिर ११ गते २०७९

साविक विजेता फ्रान्स विजयी

साविक विजेता फ्रान्स विजयी

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 199
    SHARES
  • साविक विजेता फ्रान्स विजयी

    काठमाडौँ, ७ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ ।

    images
    images

    दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो । फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे । एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे ।

    यता अष्ट्रेलियाका लागि भने क्रेग गुडविनले एक गोल गरे । खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो । खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

    तर खेलको २७औँ मिनेटमा फ्रान्सका एड्रिनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ३२औँ मिनेटमा जेरुडले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

    खेलको ६८औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ७१औँ मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ४–१ को सहज जित निकालेको हो ।

    यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ । समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ ।

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १०:१२:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह इ र समूह एफ का समान दुईदुई खेल हुँदैछन् । पहिलो

    • ११, मंसिर २०७९
  • अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित 

    काठमाडौँ, ११ मङ्सिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह सि अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको

    • ११, मंसिर २०७९
  • विश्वकप फुटबलमा आज चार खेल हुँदै

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह सी र समूह डी का समान दुई दुई खेल हुनेछन्

    • १०, मंसिर २०७९
  • नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकियो

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल ११

    • १०, मंसिर २०७९
  • फिफा विश्वकप: अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी

    काठमाडौँ, १० मङ्सिर । कतारमा जारी फिफा विश्वकप खेलमा अमेरिका र इंग्ल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । निर्धारित ९० मिनेटको खेल निकै प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीले कुनै गोल

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend