Logo

आइतबार, मंसिर ११ गते २०७९

नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

एजेन्सी

७, मंसिर २०७९
  • 178
    SHARES
  • नाइजेरियामा दुई बस ठोक्किएर भएको दुर्घटनामा ३७ को मृत्यु

    अबुजा, ७ मङ्सिर । नाइजेरियामा मङ्गलबार भएको एक बस दुर्घटनमा परी कम्तीमा पनि ३७ जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा दुई बस आपसमा जुधेका थिए ।

    यसरी बस जुध्दा ती बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि ३७ जनाको ज्यान गएको यहाँको प्रान्तीय प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    बोर्नो प्रान्तको प्रान्तीय ट्राफिक प्रहरीका कमाण्डर उतेन बोइले सडकमा दुई तर्फबाट आएका बस आपसमा ठोक्किन पुगेका बताउनु भएको छ । यसरी बस ठोक्किँदा बसमा आगो लागेको उहाँले बताउनुभएको छ ।

    बसमा आगो लागेपछि त्यहाँका अधिकांश यात्रुको जलेर मृत्यु भएको बताइएको छ । बोर्नो राज्यको माइदुगुरी सडकमा यस्तो दुर्घटना भएको हो ।दुवै बस द्रुतगतिमा गुडेका र आपसमा गति गुमाउन पुगेका बताइएको छ । सडकमा बस ठोक्किएर निकै परसम्म पुगेको थियो । यसबाट दुर्घटनास्थलमै धेरैको ज्यान गएको थियो ।

    नाइजेरियामा यस्ता सडक दुर्घटनाहरु प्रायः हुने गरेका बताइन्छ । खासगरी खराब अवस्थामा रहेका सडकहरु तथा यहाँका चालकहरुले भद्रगोल रुपमा सवारी हाँक्ने गरेकाले यस्ता दुर्घटनाहरु हुने गरेका प्रहरीको भनाई छ । 

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १३:४०:०३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    सम्बन्धित समाचार
  • अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

    कोलम्बो, १० मङ्सिर । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ । श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको

    • १०, मंसिर २०७९
  • बिजापुरमा चार जना माओवादी मारिए

    बिजापुर, १० मङ्सिर । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा

    • १०, मंसिर २०७९
  • ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

    ब्राजिलिया, १० मङ्सिर । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई

    • १०, मंसिर २०७९
  • घरमा आगलागी हुँदा १० को मृत्यु, नौ जना घाइते

    उरुम्की, चीन, ९ मङ्सिर । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको

    • ९, मंसिर २०७९
  • कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    सोल, ८ मङ्सिर । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार

    • ८, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend