Logo

आइतबार, मंसिर ११ गते २०७९

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको  भीड

पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको  भीड

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 226
    SHARES
  • पशुपतिमा नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्नेको  भीड

    काठमाडौँ, ७ मङ्सिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणको भीड लागेको छ ।
     
    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण औँसीका दिन सर्वसाधारणले हेर्नका लागि एक वर्षका लागि सुरक्षितसाथ राखिने छ भनी देखाउन यी सामग्री प्रदर्शन गर्ने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसैगरी मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।    

    images
    images

     यसवर्ष त्रयोदशीका दिन सोमबार सर्वसाधारणका लागि गतवर्ष पशुपतिनाथको भण्डारमा रहेका यि बहुमूल्य सामग्री सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो । आज भने अब अर्को एक वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ ।
      बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन आजै भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ । राख्नुअघि अर्थात् बिहान १० बजे अघि पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाउने गरिएको हो । 

     बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा पालोवालालाई बुझाउने गरिन्छ । 

    भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने परम्परा रही आएको छ । बालाचतुर्दशी मेला भर्न देशका विभिन्न भागबाट आएका भक्तजनले यी सामग्री हेरेर फर्कने गरेका छन् ।

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १३:४८:५७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • नवनिर्वाचित जनप्रतिनिधि: खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

    ढोरपाटन, ११ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँगाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ१ र २ मा

    • ११, मंसिर २०७९
  • बागलुङमा बदर मत घट्यो

    गलकोट, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर

    • ११, मंसिर २०७९
  • सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

    काठमाडौँ, १० मङ्सिर । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय

    • १०, मंसिर २०७९
  • इलाम केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ, १० मङ्सिर । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार

    • १०, मंसिर २०७९
  • समानुपातिकतर्फ ७६ लाख मत गनियो

    काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ पाँच ४० सम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend