Logo

आइतबार, मंसिर ११ गते २०७९

थापालाई कारवाही गर्न चापाकोट तरुण दलको माग

थापालाई कारवाही गर्न चापाकोट तरुण दलको माग

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 7.1K
    SHARES
  • थापालाई कारवाही गर्न चापाकोट तरुण दलको माग

    स्याङ्जा, ७ मङ्सिर । नेपाल तरुण दल चापाकोटले सन्तोष थापालाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ । 

    images
    images

    नेपाल तरुण दल वडा कार्यसमिति चापाकोट नगरपालिका १ का सभापति शुभकान्त तिवारीले चापाकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष भुपराज वोस्तीलाई ज्ञापन पत्र बुझाउदैँ नगरपालिकाको वडा सदस्य समेत रहेका थापालाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको हो । 

    वडा अध्यक्षले नैतिक जिम्मेवारी लिई २४ घण्टाभित्र निज सन्तोष थापालाई कारवाहीको दायरामा नल्याएको खण्डमा वडा कार्यालयमा तालाबन्दीसम्मको कठोर कदम चाल्ने तरुण दल वडा कार्यसमितिले चेतावनी दिएको छ ।

    वडा ज्ञापन पत्रमा भनिएको छ, 
    स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र न २ अन्तर्गत २०७९ मंसिर ४ गते को निर्वाचनमा चापाकोट नगरपालिका वडा नं १ मा रहेको भानु मावि, निर्वाचन केन्द्र बुथ ख मा पार्टी प्रतिनिधिको रुपमा बसेका हाम्रा तरुण दलका युवा सदस्य भरत बोस्ती र ममता आले माथि खाजा खाने समयमा  वडाका जनप्रतिनिधी सन्तोष थापा लगायतले बोतल, मुक्का र लात्ती  प्रयोग गरेर हमला गरी घाइते बनाइएको र नुन बहादुर आलेले संचालन गरेको खाजाघर समेत तोडफोड भएकोमा यस्तो निन्दनीय कार्यप्रति नेपाल तरुण दल चापाकोट वडा नं १ घोर भत्र्सना गर्दछ ।

    पटक पटक वडावासी माथि जनप्रतिनिधि सन्तोष थापाले अपशब्द प्रयोग गरी महिला दिदि बहिनीहरु माथि गरेको दुव्यवहार र मंसिर ४ को निर्वाचन भइरहेको समयमा एक्लै पारी गरेको कुटपिट प्रति नेपाल तरुण दल वडा कार्यसमितिले निजलाई २४ घण्टा भित्र पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गर्दछ  । 

    १ नं वडा कार्यालयको वडा सदस्य भएको कारणले वडा अध्यक्षले नैतिक जिम्मेवारी लिई उक्त समयभित्र निज सन्तोष थापालाई कारवाहीको दायरामा नल्याएको खण्डमा वडा कार्यालयमा तालाबन्दीसम्मको कठोर कदम चाल्न तरुण दल वडा कार्यसमिति बाध्य हुनेछ । साथै घाइतेहरुको उपचार तथा तोडफोड गरिएको खाजाघरको उचित क्षेतिपूर्तिको तत्काल व्यवस्था गर्न पनि जोडदार मागसँगसँगै तरुण दल वडा कार्यसमिति घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । 

    यो पनि पढ्नुहोस् :- स्याङ्जा क्षेत्र नं २ को विषयमा आयोगले उपयुक्त निर्णय गर्छः प्रवक्ता पौडेल

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १५:३७:३८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend