Logo

आइतबार, मंसिर ११ गते २०७९

गरिमा विकास बैंक १६ औँ वर्षमा प्रवेश, क्रेडिट कार्डको शुभारम्भ

गरिमा विकास बैंक १६ औँ वर्षमा प्रवेश, क्रेडिट कार्डको शुभारम्भ

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 352
    SHARES
  • गरिमा विकास बैंक १६ औँ वर्षमा प्रवेश, क्रेडिट कार्डको शुभारम्भ

    काठमाडौं, ७ मङ्सिर । गरिमा विकास बैंक लिमिटेडले १६औं बार्षिकोत्सवको अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको छ । 

    'Access to All' भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बैंकले आज आफ्नो स्थापनाकालको १५औं बर्ष पूरा गरि १६औं बसन्तमा प्रवेश गरेको अवसर पारेर क्रेडिट कार्ड सेवा शुभारम्भ गरेको बैकका नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

    काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२१ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरीय बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ । 

    हाल यस विकास बैंकले रु ७२ अर्ब निक्षेप संकलन गरेको छ भने रु. ६३ अर्ब कर्जा लगानी गरेको छ । 

    करिब ७ लाख ग्राहकहरुलाई सेवा पु-याईरहेको बैंकले आफ्नो वासलात एवं अन्य प्रमुख वित्तीय सूचकहरुमा निरन्तर सन्तोषजनक तथ्य प्रस्तुत गरिरहेको छ । 

    वार्षिकोत्सवको अवसर बृहत रक्तदान कार्यक्रम सम्पन्न
    गरिमा विकास बैंक लि.ले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न ठाउँहरुमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

    बैंकले केन्द्रिय कार्यालय – लाजिम्पाट (काठमाडौं) एवं कोहलपुर (बाँके), बेनि (म्याग्दी), बुटवल (रुपन्देहि), वालिङ (स्याङ्जा), पोखरा (कास्की), नारायणगढ (चितवन), मलंगवा (सर्लाही) र चन्द्रगढी (झापा) मा बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो । 
    रक्तदान कार्यक्रममा ६१३ युनिट रगत संकलन भएको बैकले जनाएको छ ।

    गरिमा विकास बैंक लि.ले रक्तदान कार्यक्रमलाई विगत वर्षहरुदेखि नै निरन्तरता दिदै आएको छ ।  

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १८:०३:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • चन्द्रागिरिमा रु एक अर्ब बढीे लागतको बृहत् खानेपानी आयोजना स्वीकृत

    काठमाडौँ, ११ मङ्सिर । चन्द्रागिरि नगरपालिकामा सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी१२

    • ११, मंसिर २०७९
  • भोटेकोसीका होटल तथा रिसोर्ट  लयमा फर्किदै

    चौतारा, ११ मङ्सिर । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो ।

    • ११, मंसिर २०७९
  • निफ्राले चुक्ता पुँजीको चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने

    काठमाडौँ, १० मङ्सिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को चौथो वार्षिक साधारणसभाले लगानीकर्तालाई चार दशमलव २१ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ ।आज काठमाडौँमा सम्पन्न साधारणसभाले बैंकको

    • १०, मंसिर २०७९
  • दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

    देउखुरी, १० मङ्सिर । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा

    • १०, मंसिर २०७९
  • गत आर्थिक वर्ष साढे २८ अर्ब बेरुजु थपियो

    काठमाडौँ, १० मङसिर । गत आर्थिक वर्ष २०७८-७९ को आन्तरिक लेखा परीक्षणबाट रु २८ अर्ब ४९ करोड ३५ लाख ९२ हजार सात सय ८३ बेरुजु देखिएको छ । आर्थिक कार्यविधि तथा

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend