Logo

आइतबार, मंसिर ११ गते २०७९

नेकपा एमालेलाई कारवाही गर्न स्याङ्जा काँग्रेसको निवेदन

नेकपा एमालेलाई कारवाही गर्न स्याङ्जा काँग्रेसको निवेदन

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 6.0K
    SHARES
  • नेकपा एमालेलाई कारवाही गर्न स्याङ्जा काँग्रेसको निवेदन

    स्याङ्जा, ७ कात्तिक । नेकपा एमालेले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको भन्दै नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले कारवाही गर्न निवेदन दिएको छ । 

    images
    images

    नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ का सचिव फणिनारायण रेग्मी (दीपक) ले बुधबार निर्वाचन अधिकृतको कार्यालय, प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ क्षेत्र नं २ स्याङ्जामा निवदेन दिँदै नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी निवेदन दिनुभएको हो । 

    निवेदनमा भनिएको छ,
    मंङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले चापाकोटमा बुध कब्जा गरेको भनी नेकपा एमाले, स्याङ्जाले सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको भिडियो रेकर्ड चापाकोट नगरपालिका भित्रको नभई पूर्णतया झुट र बदनियतपूर्ण भएको हुँदा नेकपा एमाले र उक्त दलका उम्मेदवार पद्मा अर्याललाई निर्वाचन ऐन कानुन बमोजिम कारवाही गरी पाऊँ भनी यो निवेदन पेश गर्दछु ।

    नेपाली काँग्रेसलाई बदनाम गर्ने मनसायबाट आएको उक्त भिडियो जफत गरी निर्वाचन कसुर र सजाय ऐन अन्तर्गत दोषी उपर कडाभन्दा कडा कारवाही गरी पाऊँ भनी यो निवेदन पेश गर्दछु । साथै सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो यसै साथ समावेश गरी पेनड्राइभ मार्फत सम्प्रेषण गरिएको छ । 

    प्रस्तुत निवेदन कारवाहीका लागि निर्वाचन आयोगमा पठाइदिने व्यवस्था हुन अनुरोध छ । 

    congress 2 syangja press meet.jpg

    यो पनि पढ्नुहोस् :-थापालाई कारवाही गर्न चापाकोट तरुण दलको माग

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - २०:५८:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend