Logo

आइतबार, मंसिर ११ गते २०७९

पाल्पा १ (१) मा एमालेका श्रेष्ठ निर्वाचित, को हुन नवनिर्वाचित श्रेष्ठ ?

पाल्पा १ (१) मा एमालेका श्रेष्ठ निर्वाचित, को हुन नवनिर्वाचित श्रेष्ठ ?

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 3.2K
    SHARES
  • पाल्पा १ (१) मा एमालेका श्रेष्ठ निर्वाचित, को हुन नवनिर्वाचित श्रेष्ठ ?

    पाल्पा, ८ मङ्सिर । पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले) का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । 

    images
    images

    गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले पाँच हजार तीन सय ९० मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो । 
       
    श्रेष्ठले क्षेत्र नं १ प्रदेश (१) भित्रका १९ वडाबाट खसेको ३१ हजार दुई सय ११ मतमध्ये १७ हजार छ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका श्यामकान्त खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ । 

    प्रदेशसभा सदस्यमा मङ्गोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले दुई सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले चार सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याउनुभएको छ । कूल मतमध्ये पाँच सय ४६ मत बदर भएको निर्वाचन अधिकृत गोपादप्रसाद ढकालले जानकारी दिनुभयो ।

    क्षेत्र नं १ (१) अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ र ३, रामपुर नगरपालिका क्षेत्र पर्दछन् । क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकामा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको छ । 
     
    को हुन नवनिर्वाचित श्रेष्ठ ?
    विसं २०२३ मा पाल्पाको रामपुर नगरपालिका–५ बेझाडमा जन्मनुभएका श्रेष्ठ ०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामतुलसी माविको एकाइ सचिवको जिम्मेवारीमा रहँदै राजनितिमा प्रवेश गर्नुभएको थियो । 

    उहाँ ०३६ एमालेको पार्टी सदस्य र ०४६ मा सङ्गठित सदस्यता लिएर श्रेष्ठले एमाले पाल्पाको विभिन्न पदमा रहेर समेत काम गर्नुभएको थियो । 

    दलहरु प्रतिबन्धित रहेको समयमा रामपुर गाउँ कमिटीमा आबद्ध भएर ०४६ को जनआन्दोलनमा सक्रिय रहनुभएको थियो । त्यस समयपछि इलाका कमिटी सचिव, क्षेत्रिय कमिटी सदस्य हुँदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य बन्नुभएको थियो । श्रेष्ठ अहिले एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य पदमा रहनुभएको छ । 

    उहाँ ०५४ को स्थानीय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएर कामसमेत गर्नुभयो । सङ्घीयता कार्यान्वयनमा आएसँगै ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा रामपुर नगर प्रमुख पदमा पराजित हुनुभएको थियो । 

    यो पनि पढ्नुहोस् :- पाल्पा क्षेत्र नं.१ (क) एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठको पल्ला भारी हुँदै

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - ०७:०१:३७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend