Logo

आइतबार, मंसिर ११ गते २०७९

पाल्पा २ (१) मा काँग्रेसका राना पुनः निर्वाचित

पाल्पा २ (१) मा काँग्रेसका राना पुनः निर्वाचित

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 514
    SHARES
  • पाल्पा २ (१) मा काँग्रेसका राना पुनः निर्वाचित

    पाल्पा, ८ मङ्सिर  । पाल्पा क्षेत्र नं २ (१) मा नेपाली काँग्रेसका वीरबहादुर राना विजयी हुनुभएको छ ।

    images
    images

    रानाले १६ हजार ३९ मतसहित विजयी हुनुभएको हो । प्रतिस्पर्धी नेकपा (एमाले) का परशुराम भट्टराईलाई दुई हजार ७५ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा राना विजयी हुनुभएको छ । एमालेका भट्टराईले १३ हजार नौ सय ६४ मत पाउनुभएको छ । 
           
    रानाले मतदान गरी विजयी गराउनुहुने सबै मतदातालाई धन्यवाद दिँदै संविधानको रक्षा गर्दै विधिको शासन, सुशासन कायम राख्ने, जनताको हर समस्या समाधानमा आफूले तल्लिन भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    लुम्बिनी प्रदेशको निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका राना दुई पटक नेपाली काँग्रेस पाल्पाको पार्टी सभापति भएर काम गरिसक्नुभएको छ ।
          
    नेपाल विद्यार्थी सङ्घ हुँदै वडा तहबाट जिम्मेवारी निभाउँदै आउनुभएका प्रखर वक्ताका रुपमा परिचित रानाले पार्टीलाई विधि, पद्धति, नीति नियम तथा अनुशासनको लाईनमा हिँडाउन लागिपर्ने छबि बनाउनुभएका नेताका रुपमा चिनिनुहुन्छ ।

    प्रदेशसभा सदस्य निर्वाचनमा मङ्गोल नेशनल अर्गनाइजेशनका लक्ष्मण गाहाले एक हजार पाँच सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले एक हजार पाँच सय २०, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानामगरले तीन सय ५१, जनता समाजवादी पार्टी नेपालका खिकबहादुर रेश्मी मगरले एक सय ६३ र नेपाल मजदुर किसान पार्टीका माधव अधिकारीले ७७ मत प्राप्त गर्नुभएको छ ।

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - ०८:३७:०८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend