Logo

आइतबार, मंसिर ११ गते २०७९

कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

एजेन्सी

८, मंसिर २०७९
  • 154
    SHARES
  • कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    सोल, ८ मङ्सिर । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार ८९ जना कोभिड सङ्क्रमित भेटिएका हुन् ।

    images
    images

    यो समेत गरी यहाँ कोभिडका दुई करोड ६७ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीहरुका अनुसार यहाँ अघिल्लो दिनको तुलनामा भने सङ्क्रमितहरु कम भएका हुन् । अघिल्लो दिन अर्थात् मङ्गलबार यहाँ ७० हजार तीन सयभन्दा बढी सङ्क्रमित पाइएको थियो ।

    तर अधिकारीहरुले यहाँ अघिल्लो हप्ताको तुलनामा भने यस हप्ता सङ्क्रमितहरु झन् बढेको बताएका छन् । अघिल्लो हप्ता दिनमा बढीमा ५५ हजार जना सङ्क्रमित देखिएकामा यस हप्ता बढेका बताएका हुन् ।

    यहाँ यस हप्ता कोभिडबाट ५९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यो समेतगरी यहाँ कोभिडबाट ज्यान जाने नागरिकको संख्या ३० हजार दुई सय २३ जना पुगेको छ । 

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १२:१४:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    सम्बन्धित समाचार
  • अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

    कोलम्बो, १० मङ्सिर । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ । श्रीलङ्काले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको

    • १०, मंसिर २०७९
  • बिजापुरमा चार जना माओवादी मारिए

    बिजापुर, १० मङ्सिर । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा

    • १०, मंसिर २०७९
  • ब्राजिलको विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, ११ जना घाइते

    ब्राजिलिया, १० मङ्सिर । ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुईवटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई

    • १०, मंसिर २०७९
  • घरमा आगलागी हुँदा १० को मृत्यु, नौ जना घाइते

    उरुम्की, चीन, ९ मङ्सिर । उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् । एक व्यक्तिको

    • ९, मंसिर २०७९
  • कोरियामा एकै दिन कोभिडका ५९ हजार सङ्क्रमित

    सोल, ८ मङ्सिर । दक्षिण कोरियामा एकै दिनमा कोभिडका ५९ हजार जना भन्दा पनि बढी सङ्क्रमित भेटिएका बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ गएको २४ घन्टा यतामात्र कोभिडका ५९ हजार

    • ८, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend