Logo

आइतबार, मंसिर ११ गते २०७९

कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

कर्णाली : प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 160
    SHARES
  • कर्णाली :  प्रतिनिधिसभातर्फ छ र प्रदेशसभातर्फ १३ स्थानको नतिजा सार्वजनिक

    भेरीगङ्गा, ८ मङ्सिर । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म प्रतिनिधिसभातर्फ छ ठाउँको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रदेशसभातर्फ १३ स्थानको अन्तिम नतिजा आएको छ । अ

    images
    images

    हिलेसम्म प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २, दैलेखका दुईवटै क्षेत्र, जाजरकोट, सल्यान र जुम्लाको अन्तिम नतिजा सार्वजनिक भएको छ । 

    सार्वजनिक नतिजा अनुसार सत्ता गठबन्धनले प्रतिनिधिसभातर्फ पाँच क्षेत्रमा जितेको छ भने एउटा क्षेत्रमा राप्रपाले जित हासिल गरेको छ । सोअन्तर्गत प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नं २ बाट नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुँदा नेकपा (एमाले)का अमृतकुमार विसी पराजित हुनुभएको छ । थानीको पक्षमा ३४ हजार छ सय २५ मत ल्याउँदा एमालेका अमृतकुमार विसीले २९ हजार पाँच सय ५८ मत प्राप्त गर्नुभयो । 

    त्यसैगरी दैलेख क्षेत्र नं १ मा सत्ता गठबन्धका उम्मेद्वार नेकपा (एकीकृत समाजावादी)का अम्मरबहादुर थापाले एमालेका रवीन्द्रराज शर्मालाई पराजित गर्नुभएको छ । थापाले १८ हजार दुई सय ५६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाहीले चार हजार छ सय दुई मत प्राप्त गर्नुभयो । दैलेख क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका दिक्पाल शाही विजयी हुनुभएको छ । उहाँले एमालेका लक्ष्मी पोख्रेललाई एक सय ५३ मतान्तरले हराउनुभयो । 

    यसैबीच जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत ३४ हजार एक सय ५१ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका निरज आचार्य २५ हजार एक सय २० मत ल्याएर पराजित हुनुभयो । 

    यसैगरी सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार सात सय मत ल्याएर स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहलाई हराउनुभयो । शाहले १९ हजार सात सय ८९ मत पाउँदा एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतसहित तेस्रो स्थानमा रहनुभयो । 

    यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाही भारी मतसहित विजयी हुनुभएको छ । उहाँ २२ हजार आठ सय १९ मत ल्याएर विजयी हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोमा गौतम कुँवरलाई दश हजार आठ सय ६० मतान्तरले उहाँले पछाडी पार्नुभयो । यस्तै सुर्खेत क्षेत्र नम्बर १ मा पनि नेपाली कांग्रेस उपसभापतिसमेत रहनुभएका पूर्णबहादुर खड्काले आफ्नो अग्रतालाई बढाउँदै जानुभएको छ भने मुगु, हुम्ला र डोल्पामा अहिले मतगणना जारी छ । 

    प्रदेशसभातर्फ १३ ठाउँको नतिजा सार्वजनिक  
    कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्रमध्ये १३ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । त्यसमा गठबन्धनको वर्चस्व देखिएको छ । अन्तिम नतिजा सार्वजनिक भएका क्षेत्रमा तीन ठाउँमा एमालेले जित निकालेको छ भने अरु १० ठाउँमा सत्ता गठबन्धका उम्मेदवार निर्वाचित भएका छन् । सुर्खेत क्षेत्र नं २ (२) मा एमालेका यामलाल कँडेल विजयी हुनुभएको छ ।

     कँडेलले १८ हजार पाँच सय ६१ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीप्रसाद शाक्य १८ हजार चार सय मत ल्याएर पराजित हुनुभयो । यस्तै दैलेख क्षेत्र नं १ ९१० बाट प्रदेशसभा सदस्य पदमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी भइसक्नुभएको छ । उहाँले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभएको हो । उहाँले  नौ हजार चार सय ६४ मत ल्याएर निर्वाचित हुँदा पूर्व माओवादी रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभयो ।

    यस्तै त्यही क्षेत्रको प्रदेशसभा (२) तर्फ पनि नेपाली कांग्रेसका कृष्णकुमार विसी विजयी हुनुभएको छ । उहाँले १० हजार पाँच सय ४४ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका प्रेमबहादुर थापाले नौ हजार चार सय ६८ मत पाउनुभयो । 

    यस्तै दैलेख क्षेत्र नं २ (१) तर्फ पनि नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी हुनुभएको छ । एमालेका तिलकप्रसाद रिजाललाई एक हजार तीन सय पाँच मतले हराउनुभएको हो । भण्डारीले १० हजार आठ सय मत पाउँदा एमालेका रिजालले नौ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ । जाजरकोट प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी हुनुभएको छ । 

    सिंहले १८ हजार पाँच सय ४३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी एमालेका डम्बरबहादुर सिंहले १२ हजार चार सय ७० मत प्राप्त गर्नुभयो । जाजरकोटकै प्रदेशसभाअन्तर्गत (२) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित हुनुभएको छ । उहाँले १६ हजार ४० मत ल्याउँदा एमालेका खिमबहादुर शाहीले १० हजार पाँच सय ३० मत पाउनुभएको छ । 

    कर्णालीका मुख्यमन्त्रीका दाबेदारसमेत रहेका ललितजङग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गर्नुभयो । जुम्ला प्रदेशसभा (१) मा वामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीलाई एक हजार आठ सय ९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी हुनुभएको हो । यस्तै जुम्ला प्रदेशसभा–२ मा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी हुनुभएको छ । 

    कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारीमन्त्री रोकायलाई पछाईले पराजित गर्नुभएको हो । पछाई सात हजार आठ सय १५ मतले विजयी हुनुभएको हो । रोकायले छ हजार सात सय २२ मत प्राप्त गर्नुभएको हो । पछाई एमाले प्रदेश कमिटी उपसचिव हुनुहुन्छ । यस्तै सल्यानमा पनि सत्ता गठबन्धनकै उम्मेदवार प्रदेशसभामा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशभरको नतिजा शुक्रबार साँझसम्म आइसक्ने आकलन गरिएको छ । 

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १४:११:०९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

    गण्डकी, ८ मङ्सिर । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित

    • ८, मंसिर २०७९
  • सुप मतगणनाः प्रतिनिधिसभाका दश निर्वाचन क्षेत्रको टुङ्गो

    महेन्द्रनगर, ८ मङ्सिर । जम्मा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा हालसम्म दश वटा निर्वाचन क्षेत्रको टुङ्गो लागेको छ । नौ वटा जिल्ला रहेको सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा पाँच

    • ८, मंसिर २०७९
  • स्याङ्जाका एक पुरुष जंगलमा मृत अवस्थामा फेला 

    कास्की, ७ मङ्सिर । कास्की, पोखरा महानगरपालिका-२१ कृष्तीस्थित इनारे जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।मृत अवस्थामा भेटिनेमा स्याङ्जा, फेदिखोला गाउँपालिका- १ मटिखाना बस्ने ७० वर्षीय राम बहादुर

    • ७, मंसिर २०७९
  • गण्डकी प्रदेश : मतदान सुरु

    गण्डकी, ४ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आज भएको निर्वाचनमा गण्डकी प्रदेशका सबै जिल्लामा मतदान सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान समय निर्धारण

    • ४, मंसिर २०७९
  • गण्डकीमा साढे १६ लाखभन्दा बढी मतदाता निर्वाचनमा सहभागी बन्दै

    गण्डकी, ३ मङ्सिर । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् । हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी

    • ३, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend