Logo

आइतबार, मंसिर ११ गते २०७९

झापा- ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापा- ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 169
    SHARES
  • झापा- ३ मा राप्रपा अध्यक्ष लिङ्देन विजयी

    बनियानी, ८ मङ्सिर । झापाको प्रतिनिधिसभा क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ ।

    images
    images

    अध्यक्ष लिङ्देन ४० हजार छ सय ६२ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ३७ हजार तीन सय ८६ मत प्राप्त गर्नुभएको थियो ।
     
    झापा क्षेत्र नं ३ मा अध्यक्ष लिङ्देन दोस्रोपटक विजयी हुनुभएको हो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि अध्यक्ष लिङ्देन र कांग्रेस नेता सिटौलाबीच नै प्रतिस्पर्धा भएको र लिङ्देन विजयी हुनुभएको थियो ।

    झापा क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेकामा ६८ दशमलव दुई प्रतिशत अर्थात् ८९ हजार छ सय ३७ मत खसेको थियो । झापा क्षेत्र नं ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र प्रदेशसभा (२)मा नेकपा (एमाले)का छविलाल चुडाल प्रदेशसभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ ।

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १७:०१:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

    भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोकधर्मचोककचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो

    • ११, मंसिर २०७९
  • ३१ वर्षपछि कालीकोटमा काँग्रेसको जीत

    मान्म, १० मङ्सिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा काँग्रेसका

    • ११, मंसिर २०७९
  • सुवास नेम्वाङ्गको संसदीय यात्रा

    काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर

    • ११, मंसिर २०७९
  • कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

    मान्म, ११ मङ्सिर । कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति

    • ११, मंसिर २०७९
  • तनहुँमा समानुपातिकतर्फ काँग्रेस पहिलो

    दमौली, ११ मङ्सिर । तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काँग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काँग्रेसले अग्रता लिएको हो । तनहुँ१ र २ तर्फ

    • ११, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend