Logo

आइतबार, मंसिर ११ गते २०७९

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु: वरिष्ठ नेता पौडेल

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु: वरिष्ठ नेता पौडेल

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 208
    SHARES
  • आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु: वरिष्ठ नेता पौडेल

    काठमाडौँ, ८ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको छ ।

    images
    images

    तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उहाँले पार्टी सङ्गठनभित्र पार्टीको सिद्धान्त, आदर्श र निष्ठाको अभियानलाई अगाडि बढाउन आगामी दिनमा अझ बढी सक्रिय रहने उल्लेख गर्नुभएको छ ।

    “संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षता, समावेशीता र आर्थिकरूपमा समृद्ध नयाँ नेपाल निर्माणमा यसपटक प्राप्त गरेको जनादेशले स्पष्ट सन्देश दिएको मैले महसुस गरेको छु”, वरिष्ठ नेता पौडेलले उल्लेख गर्नुभएको छ ।

    यस निर्वाचनमा जनताद्वारा तनहुँ जिल्लाको विकासको जिम्मा गठबन्धनलाई प्राप्त भएको महसुस गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले निर्वाचनले दिएको सन्देशको गम्भीर विश्लेषण गरी आजको आवश्यकता सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा तनहुँको प्रतिष्ठाजनक भूमिका स्थापित गर्दै समग्र मुलुक र तनहुँ जिल्लाको विकास गर्न आम जनताको साझा प्रतिनिधिका रूपमा कार्य गर्ने र देशलाई सुशासन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    उहाँले यस निर्वाचनलाई सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण मतदाता, निर्वाचन आयोग, निर्वाचनमा अहोरात्र खटिनुभएका सबै कर्मचारी, सुुरक्षाकर्मी, सञ्चारकर्मी, निर्वाचन पर्यवेक्षक तथा गठबन्धनका सहयात्री दललगायत आम तनहुँबासीलाई समेत आभारसहित धन्यवाद ज्ञापन गर्नुभएको छ । 

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १७:३०:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • बाजुरामा मतगणना अनिश्चित

    बाजुरा, ११ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ

    • ११, मंसिर २०७९
  • मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने महेन्द्र एक्लो सांसद

    जनकपुरधाम, ११ मङ्सिर । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै

    • ११, मंसिर २०७९
  • ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

    भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोकधर्मचोककचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो

    • ११, मंसिर २०७९
  • ३१ वर्षपछि कालीकोटमा काँग्रेसको जीत

    मान्म, १० मङ्सिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा काँग्रेसका

    • ११, मंसिर २०७९
  • सुवास नेम्वाङ्गको संसदीय यात्रा

    काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर

    • ११, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend