Logo

आइतबार, मंसिर ११ गते २०७९

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 181
    SHARES
  • कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

    लम्की, ८ मङ्सिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । 

    images
    images

    प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

    निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी हुनुभएको हो । 

    निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाउनुभयो । नेकपा ९एमाले०का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गर्नुभयो ।

    जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन  हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभएको छ ।

    यसअघि यो क्षेत्रको प्रदेशसभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी हुनुभएको छ । 

    त्यस्तै प्रदेशसभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी हुनुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १७:४५:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

    भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोकधर्मचोककचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो

    • ११, मंसिर २०७९
  • ३१ वर्षपछि कालीकोटमा काँग्रेसको जीत

    मान्म, १० मङ्सिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा काँग्रेसका

    • ११, मंसिर २०७९
  • सुवास नेम्वाङ्गको संसदीय यात्रा

    काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर

    • ११, मंसिर २०७९
  • कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो

    मान्म, ११ मङ्सिर । कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति

    • ११, मंसिर २०७९
  • तनहुँमा समानुपातिकतर्फ काँग्रेस पहिलो

    दमौली, ११ मङ्सिर । तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली काँग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी काँग्रेसले अग्रता लिएको हो । तनहुँ१ र २ तर्फ

    • ११, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend