Logo

आइतबार, मंसिर ११ गते २०७९

स्याङ्जाको निर्वाचनका बारेमा अनुसन्धान भइरहेको छ: प्रवक्ता पौडेल

स्याङ्जाको निर्वाचनका बारेमा अनुसन्धान भइरहेको छ: प्रवक्ता पौडेल

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 2.7K
    SHARES
  • स्याङ्जाको निर्वाचनका बारेमा अनुसन्धान भइरहेको छ: प्रवक्ता पौडेल

    काठमाडौं, ८ मङ्मिर । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ ।

    images
    images

    स्याङ्जा, बाजुरा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मतगणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

    निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उहाँको भनाइ छ । कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । 

    आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार नेपाली काँग्रेस १९, नेकपा (एमाले) १२, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् । 

    यो पनि पढ्नुहोस् :- स्याङ्जा २: मतगणना गर्ने विषयमा निर्वाचन आयोगको बैठक जारी

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १९:१३:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • नवनिर्वाचित जनप्रतिनिधि: खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

    ढोरपाटन, ११ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँगाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ१ र २ मा

    • ११, मंसिर २०७९
  • बागलुङमा बदर मत घट्यो

    गलकोट, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर

    • ११, मंसिर २०७९
  • सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

    काठमाडौँ, १० मङ्सिर । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय

    • १०, मंसिर २०७९
  • इलाम केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ, १० मङ्सिर । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार

    • १०, मंसिर २०७९
  • समानुपातिकतर्फ ७६ लाख मत गनियो

    काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ पाँच ४० सम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend