काठमाडौं, २२ असोज । लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैंँतिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ ।
चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताउनुभयो । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उहाँले भन्नुभयो ।
रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गर्नुभएको छ ।
विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ ।
गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।